- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । अपाङ्गता भएकाहरूलाई आईपीओमा १० प्रतिशत हिस्सा सुनिश्चितताको माग गरेका छन् । मङ्गलवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आङ छोङ्बा शेर्पाले अपाङ्गता व्यक्तिहरूलाई आईपीओमा १० प्रतिशत हिस्सा छुट्टाएर सुनिश्चितता गर्न माग गरेका हुन् ।
शेर्पाले म्युच्युअल फण्ड, कर्मचारीलाई पनि आईपीओको प्रतिशत छुट्टाइएको भन्दै अपाङ्गहरूलाई पनि केही प्रतिशत छुटाउन माग गरे । उनले भने,‘म्युच्युअल फण्ड तथा कर्मचारीलाई आईपीओको प्रतिशत छुट्ट्याएका छ, तर अपाङ्गहरूलाई छैन, हामीलाई पनि ५ देखि १० प्रतिशतसम्म छुट्टाउनुपर्छ ।’
उनले धेरै सङ्घ-संस्थाहरुले विदेशबाट रकम ल्याएर आफ्नो दानापानीको व्यवस्था गर्ने भएकोले आफू कुनै सङ्घ-संस्थामा आबद्ध नभएको समेत बताए । शेर्पाले उमेरमै आइपिओ बारेमा जानकारी पाउने मौका नपाएको भन्दै आधा उमेर बितेपछि बुझेर सबै अपाङ्गहरूको लागि केही गर्न खोजेको बताए ।