arrow

माधव नेपालको पार्टी एसको स्याङ्जा अध्यक्षमा भट्टराई, एमालेलाई धक्का

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ भदौ १५ मंगलबार
ramchandra-bhattrai.JPG

स्याङ्जा । नेकपा एमालेबाट विद्रोह गरेर फुटेको नेपाल कम्युनिस्ट (एकीकृत समाजवादी) पार्टी स्याङ्जाको अध्यक्षमा रामचन्द्र भट्टराई चयन भएका छन् । माधव कुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएपछि स्याङ्जामा भट्टराईले अध्यक्षको नेतृत्व गरेका हुन् । 

नेकपा एमालेमा विवाद सुरु भएपछि समान्तर कमिटी गठन भएको स्याङ्जामा सोही कमिटीलाई रूपान्तरण गरी पार्टी गठन भएको अध्यक्ष भट्टराईले बताए । समान्तर कमिटीमा उपाध्यक्ष शर्मिला पौडेल, सचिवमा भूपराज अधिकारी, उपसचिवमा टिकाराम नेपाली, सन्तोष केसी, खड्काराज सुवेदी लगायत १ सय ५१ सदस्यीय कमिटी गठन गरिएको थियो । 

नेकपा (एकीकृत समाजवादी) पाटी गठन भएपछि सोही कमिटीलाई रूपान्तरण गरेर ४९ सदस्यीय सचिवालय कमिटी निर्माण गरिएको अध्यक्ष भट्टराईले बताए । समिति गठन पछि बसेको सचिवालयको बैठकमा हरिनास गाउँपालिका वडा नम्बर ७ का जनप्रतिनिधि रहेका ऋषिराम लम्साल सहित दर्जनौँ नेता नेकपा (एकीकृत समाजवादी) पाटीमा प्रवेश गरेको जनाएको छ ।   

जिल्लाका स्थापित भइसकेका नेताहरू समाजवादीमा समाहित भएको बताइएको छ ।  जिल्ला कमिटी रूपान्तरण कार्यक्रम सँगै धेरै नेता तथा कार्यकर्ता समाजवादीमा समाहित भएपछि केपी ओलीले नेतृत्व गरेको नेकपा एमालेलाई ठुलो धक्का पुगेको दाबी उनीहरूको छ ।  

बैठकले जिल्लाका ११ ओटै स्थानीय तहमा समिति गठन गर्ने, पार्टीका भावी योजनाहरू गाउँ गाउँमा पुर्‍याउने र पार्टीलाई सङ्गठित बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने निर्णय गरेको पार्टीका उपसचिव टिकाराम नेपालीले जानकारी दिए । निर्वाचन आयोगले भदौ २२ गते सम्म पार्टी रोज्न समय दिएकाले नेकपा(एस) पार्टीमा अझै प्रवेश गर्ने विश्वास लिइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ