arrow

सभामुख र निर्वाचन आयोग विरुद्ध सर्वोच्च गए केपी ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १६ बुधबार
kp-sharma-oli-pm.jpg

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध नेकपा एमाले सर्वोच्च अदालत गएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकातर्फबाट  सुमित्रा पाण्डेले सर्वोच्चमा रिट दर्ता गराएकी हुन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार एमालेले निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध रिट निवेदन दर्ता गरेको हो । 

एमालेले निर्वाचन आयोग विरुद्ध दायर गरेको रिटमा बदनियतपूर्ण र अनधिकृत व्यक्तिहरूलाई हस्ताक्षर गरेर एमाले फुटाउन गरिएको हस्ताक्षरलाई आयोगले गलत तरिकाले मान्यता दिएको भनिएको छ । सो रिटमा नेकपा एकीकृत समाजवादीका नाममा कुनै पनि गतिविधि गर्न नदिन अन्तरिम आदेश माग गरिएको छ ।

यस्तै सभामुख सापकोटा विरुद्धको रिटमा एमालेले कारबाही गरेका सांसदहरूको सूचना टाँस नगरेको भनिएको छ । यस्तै लुम्बिनी प्रदेशका सभामुखेसमेत प्रदेश सांसदहरूलाई कारबाही गरेको सूचना टाँस नगरेको रिट निवेदनमा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ