arrow

अफगानिस्तान सङ्कट : के भारत सधैँ पर्खिने र हेरिरहने मात्र हो ?

भारतलाई सुरक्षाको चिन्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १७ बिहिबार
taleban-afgan.JPG

आइएनएन । अफगानिस्तानबाट अमेरिका सेना फिर्ता भएपछि तालिबानले देशको पूर्ण नियन्त्रण लिएको छ। यसका साथै देशमा धेरै अनिश्चितता फैलिएको छ। अफगानिस्तानमा भारतले गरेको लगानी र पूर्वाधार विकास धरापमा छ। यति मात्र नभएर तालिबानको यस कब्जाले नयाँ दिल्लीको लागी सुरक्षा सम्बन्धी धेरै चिन्ता बढाएको छ।

दोहामा भारतीय राजदूत र तालिबान नेता बिच भेट
ऐतिहासिक घनिष्ठता र सम्बन्धका कारण र एक छिमेकी भएको नाताले, भारत अफगानिस्तानमा भइरहेको घटनाक्रमप्रति उदासीन रहन सक्दैन। विगत केही महिनादेखि भारतीय सुरक्षा अधिकारीहरू र कूटनीतिज्ञहरू तालिबान प्रतिनिधिहरुसंग छलफलमा रहेको छ। तर पहिलो पटक सरकारले सार्वजनिक रूपमा यस्तो बैठकलाई स्वीकार गरेको छ।

विदेश मन्त्रालयले मङ्गलवार जारी गरेको विज्ञप्ति अनुसार कतारका लागि भारतीय राजदूत दीपक मित्तल र तालिबानको राजनीतिक कार्यालयका प्रमुख शेर मोहम्मद अब्बास स्टेनकजई बिच भेट भएको छ।

विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति मा भनिएको छ, " सो बैठक रक्षा, सुरक्षा र अफगानिस्तानमा फसेका भारतीय नागरिकहरूलाई चाँडै फर्काउने विषयमा केन्द्रित थियो। भारत आउन चाहने अफगानी नागरिकहरू, विशेष गरी अल्पसङ्ख्यकहरूका बारे पनि छलफल भएको थियो।"

अझै पनि काबुलमा भारतीय
अफगानिस्तानबाट सबै भारतीयहरूको सुरक्षित फिर्ती नै भारतको प्राथमिकता बनेको छ। अमेरिकी सेना फिर्ता गएपछि काबुल विमानस्थल सम्पूर्ण रूपमा तालिबानको नियन्त्रणमा छ। लगभग १ सय ४० भारतीय र सिख समुदायका सदस्यहरू अझै काबुलमा फसेका छन्, र उनीहरूलाई फिर्ता ल्याउनु नै हालको प्राथमिकता हो।

हालसम्म भारतले १ सय १२ अफगानी नागरिक सहित ५ सय ५० भन्दा धेरै मानिसहरूलाई दिल्ली ल्याएको छ। सरकारलाई सुरक्षा चिन्ता छ र प्रत्येक भिसालाई कडाइका साथ नियमन गरिरहेको छ। विदेश मन्त्रालयको बयान अनुसार तालिबान नेताले भारतीय राजदूतलाई सबै मुद्दाहरू "सकारात्मक रूपमा सम्बोधन" गरिने भनेर आश्वासन दिएका छन्।

अफगानिस्तानमा भारतको पूर्वाधार र लगानी जोखिममा
भारत तालिबानसँग संलग्न हुने वा नहुने भनेर दुबिधामा फसेको छ। अफगानिस्तानमा भारतीय हित सुरक्षित गर्न नयाँ दिल्ली हर सम्भव प्रयास गरिरहेको छ।‌

भारतले यस वर्षको सुरुमा भारत-अफगानिस्तान मैत्री बाँध पछि दोस्रो ठुलो बाँध बनाउने घोषणा गरेको थियो। भारतले अफगानिस्तानको राजधानीमा संसद् भवन पनि बनाएको थियो। भारतले अफगानिस्तान- नयाँ दिल्लीलाई सामुद्रिक भूमि पहुँच दिन चाबहार बन्दरगाह विकास गरेको थियो। अब यसमा पनि प्रश्न उठाइने छ।

भारतलाई सुरक्षाको चिन्ता
सन् १९९० मा‌ तालिबानको राजमा थुप्रै घटना भएको थियो। त्यस कारण वर्तमान परिस्थितिमा शान्ति र स्थायित्व को मुद्दामा असङ्ख्य प्रश्नहरू उठेका छन्। अल कायदा, इस्लामिक स्टेट-खोरासान प्रान्त, हक्कानी नेटवर्क, र तेहरिक-ए-तालिबान पाकिस्तान जस्ता आतङ्कवादी समूहहरूको लागि अफगानिस्तान सुरक्षित गढ बन्दै आएको छ।

भारतलाई हक्कानी समूह बारे चिन्ता छ। हक्कानी समूहको नेता सिराजुद्दीन हक्कानी हुन् र उनी तालिबानको उपनेता पनि हुन्। सन् २००८-२००९ मा भारतीय दूतावासमा भएको हमलाका लागी यही समूह जिम्मेवार थियो। सो हमलामा भारतीय कूटनीतिज्ञ सहित ७५ भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो। साथै तालिबान पाकिस्तानको‌ कठपुतली भएको पनि विश्वास गरिन्छ।

हाल सबै जना पाकिस्तान र तालिबानको गोप्य सम्बन्ध बारे कुरा गरिरहेका छन्। तालिबानले यति सजिलै अफगानी सेना माथि जित हासिल गरेको देखेर पुरा विश्वास चकित परेको छ। अमेरिकी सेनाले अफगानी सेनालाई हतियार आपूर्ति गर्नु का साथै प्रशिक्षण पनि दिएको थियो।

तर पनि अफगानी सेनाले सजिलै हार माने। धेरै पाकिस्तानीहरूले देशमा तालिबानको विजय मनाएका थिए। तालिबानले काबुल कब्जा गरेपछि पाकिस्तानका धेरै इस्लामिक सङ्गठनहरूले मिठाई बाँडेका थिए।

भर्खरै, पाकिस्तान अधिकृत कश्मीर (पीओके) मा तालिबानका समर्थकहरूले एक र्‍याली‌ निकालेका थिए। सो बारे थुप्रै भिडियो बाहिर आएका थिए। जसमा पाकिस्तान स्थित आतङ्कवादी समूहहरू जैश-ए-मोहम्मद र लस्कर-ए-तैयबा का कार्यकर्ताहरू र्‍यालीमा भाग लिएका र विजयोत्सव मनाउने हावामा गोली प्रहार गरिरहेका देखिन्थे।

तालीवान्ले भारतीय एयरलाइन्सको विमान अपहरण गरेको घटना अझै ताजा छ। सन् १९९९ मा भारतीय एयरलाइन्सको एउटा विमान अपहरण गरी अफगानिस्तानको कंधारमा अवतरण गरिएको थियो।

यात्रीहरूको सुरक्षित रिहाइको बदलामा भारतले तीन पाकिस्तानी आतंकवादीहरुलाई रिहा गर्नुपरेको थियो। पछि तालिबानले विमान अपहरणकर्ता र रिहा भएका बन्दीहरूलाई पाकिस्तान पठाएको थियो। यो घटना पाकिस्तानद्वारा प्रायोजित आतङ्कवादी समूह र तालिबानले मिलेर के गर्न सक्छन् भन्ने एउटा प्रमुख उदाहरण हो।

तालिबानको अधीनमा रहेको अफगानिस्तान पाकिस्तानमा सक्रिय आतङ्कवादी समूहहरूको लागि सुरक्षित आश्रय स्थल र प्रशिक्षण स्थल बन्ने डर त्यति नै छ।

(लेखक भारतीय सेनाका अवकाश प्राप्त व्यक्ति हुन् ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ