arrow

बाँकेमा विवादका कारण कांग्रेसको वडा अधिवेशन अनिश्चित

logo
सौरभ गिरी,
प्रकाशित २०७८ भदौ १८ शुक्रबार
Congress-banke-party.jpg

नेपालगन्ज। बाँकेमा  विवादका कारण नेपाली कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ । ५६ वटा जिल्लामा आजदेखि वडा अधिवेशन प्रारम्भ भएपनि क्रियाशील सदस्यता टुङ्गो नलाग्दा बाँकेमा  वडा अधिवेशन अनिश्चित बनेको हो।

विवादित जिल्लाको सदस्यता नटुङ्गिँदा नेता कार्यकर्ता अन्योलमा छन् । कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका अनुसार भदौ २७ गते गाउँ नगर अधिवेशन गर्नुपर्ने भएकाले २६ गतेसम्म वडा अधिवेशन गर्नैपर्ने बाध्यतामा कांग्रेस छ ।

केन्द्रीय निर्वाचित समितिले पार्टीले क्रियाशील सदस्यताको नामावली दिने बित्तिकै बाँकी जिल्लामा अधिवेशन गर्ने जनाएको छ । बाँकेमा क्षेत्र नम्बर १ को विवाद सुल्झिन नसक्दा क्रियाशील सदस्यताको टुङ्गो लाग्न नसकेको हो ।



नयाँ