arrow

बीपी साहित्य सम्मान पुरस्कार मदन रेग्मीलाई, कायस्थलाई प्रजातन्त्र सेनानी सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १९ शनिबार
bp-koirala.jpeg

काठमाडौं । बीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष प्रदान गर्दै आएको बीपी साहित्य सम्मान पुरस्कार यसपटक आधुनिक नेपाली साहित्यका  वरिष्ठ कवि मदन रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

पाँच दशकभन्दा पहिलेदेखि साहित्य साधनामा रहेर, नेपाली काव्य साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याउने कवि मदन रेग्मीका कविता संग्रहरु र अरु धेरै साहित्यिक कृतिहरु प्रकाशित छन् । उनले नेपाली साहित्यको श्रीवृद्धिमा पुर्‍याएको योगदानको सम्मान गर्दै उनलाई यो पुरस्कार दिने निर्णय गरिएको हो ।

त्यसरी नै बीपी स्मृति ट्रष्टले प्रत्येक वर्ष प्रदान गर्ने बीपी सेनानी पुरस्कार यो पटक भक्तपुरका प्रजातन्त्र सेनानी तिलक प्रकाश कायस्थलाई दिने निर्णय गरेको छ । लामो समयसम्म जेलमा र निर्वासनमा रहेर प्रजातन्त्र स्थापना, पुनस्र्थापना तथा लोकतान्त्रिक गणतन्त्र स्थापनामा समेत उनले पुर्‍याएको योगदानको कदर गर्दै उनलाई यो पुरस्कार दिने निर्णय गरेको हो ।

यी दुबै पुरस्कार बीपी जयन्तीको दिन, यही भाद्र २४ गते प्रदान गरिने छ । यो नगद पुरस्कारको राशी एक लाख एक हजार र एकाउन्न हजार रहेको छ । ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्यहरु डा.ध्रुवचन्द्र गौतम र सुशीलमान शेरचन समेतको सिफारिस समितिको सर्वसम्मतिबाट यो निर्णय गरिएको हो ।

यसअघि २०७१ मा बीपी साहित्य सम्मान वरिष्ठ साहित्यकार स्व.रत्नशम्शेर थापा र बीपी सेनानी सम्मान नुतन थपलियालाई २०७२ मा साहित्यकार गोपाल पराजुलीलाई र सेनानी सम्मान स्व।तारानाथ कोइरालालाई, २०७३ मा साहित्य सम्मान पुरस्कार साहित्यकार भुवन ढुङ्गाना र सेनानी सम्मान स्व श्यामलाल श्रेष्ठलाई २०७४ मा साहित्य तर्फ प्राडाअभि सुवेदी र  सेनानी सम्मान दाङका तीर्थ राज चैतुलाई २०७५मा साहित्यतर्फ रोचक घिमिरे र प्रजातन्त्र सेनानी सम्मान स्व.चक्र प्रसाद बास्तोलालाई र गत वर्ष २०७६ मा बीपी साहित्य सम्मान तिल बिक्रम नेवाङ र प्रजातन्त्र सेनानी सम्मान मधुकान्त सिंहलाई प्रदान गरिसकिएको छ । २०७७ को साहित्य सम्मान ज्ञानमणि नेपाल र प्रजानन्त्र सेनानी सम्मान होमनाथ दाहाललाई प्रदान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ