arrow

मार्जिन लेन्डिङमा तोकिएको सीमा हटाउन माग 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २० आइतबार
nepal-investers-forum.jpg

काठमाडौं । मार्जिन लेन्डिङमा तोकिएको सीमा हटाउन नेपाल इन्भेष्टर्स फोरमले  माग गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मार्जिन लेन्डिङको एकाघर परिवार निर्धारण १२ करोड रुपैयाँ तोकिदिएसँगै उक्त सीमा हटाउन फोरमले माग गरेको हो । 

फोरमले अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षणसमेत गराएको छ । मौद्रिक नीति र एकीकृत निर्देशनले सेयर धितो कर्जालाई १२ करोडमा सीमित गरेको र सेयर बजारमासमेत असर पर्ने भन्दै मन्त्री शर्माको ध्यानाकर्षण गर्दै उक्त सीमा हटाउन माग गरेको हो । 

राष्ट्र बैंक स्वायत्व निकाय भएको र मौद्रिक बजार व्यवस्थापन गर्ने अधिकार राष्ट्र बैंकमा निहित भए पनि फोरमले अर्थमन्त्रीमार्फत उक्त व्यवस्था हटाउन दबाब दिएको हो । 

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले आफ्नो कोर क्यापिटलेको ४० प्रतिशत रकम सेयर धितो कर्जामा प्रवाह गर्न पाउँछन् जुन कुल कर्जाको २.५ प्रतिशत मात्रै हुन आउँछ । राष्ट्र बैंकबाट गरिएको सेयर धितो कर्जाको विभेदकारी तथा अब्यवहारिक निर्णयका कारण सेयर बजारमा पर्नसक्ने दीर्घकालीन असरबाट सेयर बजारलाई जोगाउन र सम्पूर्ण लगानीकर्ताको लागि लगानीको वातावरण बनाउन सो एकीकृत निर्देशिकाले जारी गरेको १२ करोडको सीमा खारेजीको माग गर्दै माननीय अर्थमन्त्रीसमक्ष विनग्र अनुरोध गर्दछौं ।’

नेपाल राष्ट्र बैंक एकीकृत निर्देशन अनुरुप एकाघर परिवार निर्धारण अन्तर्गत एउटै ग्राहक, फर्म, कम्पनी वा आपसी सम्बन्ध भएका ग्राहकहरुको समूहले एक बैंकबाट ४ करोड र सबैबाट गरेर बढीमा १२ करोड रुपैयाँ मार्जिक प्रकिृतिको कर्जा लिन पाउने र यसअघि उक्त सीमाभन्दा बढी लिएको भए १ वर्षभित्र घटाउन निर्देशन दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ