arrow

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै परेको रिट प्रधानन्यायाधीशको एकल इजलासमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २० आइतबार
supreme-court-long.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औंं महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै दायर भएको रिटको पेशी प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाको एकल इजलासमा तोकिएको छ । पेशी आज आइतबारका लागि तोकिएको हो ।

कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । महाधिवेशनको प्रक्रिया शुक्रबारदेखि सुरु भएको अघिल्लो दिन विहीबार रिट दायर भएको हो ।

वैद्यले आगामी मंसिर ९ देखि १३ गतेसम्म हुने केन्द्रीय महाधिवेशन कोरोना महामारीका बेला गर्दा लाखौंको स्वास्थ्य जोखिममा पर्ने जिकिर गरेका छन् । उनले महामारीका समयमा २५ जनाभन्दा बढी जम्मा हुन नहुने सरकारको निर्देशन विपरीत अधिवेशन हुन लागेकाले रोक्नु पर्ने माग गरेका हुन् । 
 



नयाँ