arrow

गृह मन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनकः नेता सिंह

‘समय अनुसार पार्टीको नेतृत्व परिवर्तन हुनुपर्छ’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २१ सोमबार
prakashmanuuuuu8.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथी अंकुश लगाउन खोजेको होकि भनेर नागरिक तहबाट आलोचना शुरु भएकाले यस विषयमा सरकार गम्भीर बन्नुपर्ने बताउनु बताएका छन् ।

सोमबार नेपाली कांग्रेस सिन्धुपाल्चोकले काठमाडौंमा गरेको अन्तरक्रियामा बोल्दै नेता सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथी अंकुश लगाउन नमिल्ने बताए ।  स्वतन्त्रताको वकालत गर्ने पार्टी कांग्रेस भएकाले यस्ता बिषयमन सरकारले गम्भीरताका साथ सोचेर मात्रै कदम चाल्नुपर्ने सुझाव दिएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनको विषयमा गृहमन्त्रालयले आइतबार निकालेको विज्ञप्तिप्रति लक्षित गर्दै नेता सिंहले सरकार सच्चिनुपर्ने बताए ।  गृह मन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक भएको उनको भनाइ थियो ।

‘सरकारले जनताको दुखमा साथ दिनु पर्दछ । सँधै जनाताको पक्षमा हुनुपर्दछ,’ उनले भने, ‘गृहमन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु  आपत्तिजनक छ । यसमा सरकार सच्चिनु पर्दछ ।’

साथै नेता सिंहले अत्यन्तै प्रतिकुल अवस्थामा पनि आफ्नो सिद्धान्तबाट विचलिन नहुने पार्टी नेपाली कांग्रेस भएको भन्दै जस्तोसुकै परिस्थितीमा पनि महाधिबेशन निष्पक्ष, धाँधलीरहित र स्वच्छ रुपले हुनुपर्ने धारण राखे । राष्ट्र संकटमा पर्दा जहिले पनि नेपाली कांग्रेसले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउँदै उनल् देश र लोकतन्त्रका लागी का.ग्रेस मजुबुत हुनुपर्ने धारण राखे ।

नेतृत्व गर्ने नेता कमजोर भए पार्टीले जति राम्रो काम गरेपनि नतिजा राम्रो लिन नसक्ने उनको भनाइ थियो । साथै उनले समय अनुसार पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने बताए । १३औं महाधिबेशनपछि कांग्रेस कमजोर हुँदा देशमा लोकतान्त्रिक पद्धती पनि कमजोर भएको र कम्युनिष्टहरुले संविधान र ब्यवस्था माथि नै प्रहार गर्न खोजेको बताए ।

‘लोकतान्त्रिक मुल्य मान्यता जोगाउनको लागि काँग्रेस मजबुत हुनुपर्दछ । त्यसका लागी सक्षम नेतृत्व आश्यक छ,’उनले थपे, ‘ विधी पद्धतीका लागी सँधै आवाज उठाउने सक्षम नेतृत्व कांग्रेसमा आवश्यक छ ।’ फरक प्रसंगमा उनले आफ्नो पार्टीको नेतृत्वमा सरकार भएकाले सिन्धुपाल्चोक लगायत देशका अधिकांश भुभागमा बाढी पहिरोले जनधनको क्षति भएकाले सरकारले राहत र उद्धारमा विशेष ध्यान सुझाव दिए । 



नयाँ