डोटीमा एमालेका तीन जनप्रतिनिधिले एसको पक्षमा गरे सनाखत
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २१ सोमबार
917
Shares
डोटी । डोटीमा नेकपा एमालेका तीन जना जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) एसको पक्षमा सनाखत गरेका छन् ।
जिल्लाको पुर्विचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटी, दिपायल सिलगढी नगरपालिकाका उप-प्रमुख शिवराज खड्का र सायल गाउँपालिका वडा नं.३ का अध्यक्ष गोरख बहादुर सार्कीले सनाखत गरेका हुन् ।
आफूहरू नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा रहेको भन्दै निर्वाचन आयोगको जिल्ला कार्यालय सिलगढीमा सनाखत गरेको उप -प्रमुख खड्काले हाम्रा कुरालाई जानकारी दिए ।
तत्कालीन नेकपा हुँदा पूर्वी चौकीका अध्यक्ष बोगटी र दिपायल सिलगढी नगरपालिकाका उप-प्रमुख खड्का केपी ओली टिमका हुन् भने सायल-३ का वडा अध्यक्ष सार्की प्रचण्ड-माधव टिममा थिए ।