arrow

एमसीसी पारित नहुने अडान दोहोर्‍याउँदै प्रचण्डले भने: 'यसकै कारण गठबन्धन फुटाउने प्रयास हुँदैछ'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २३ बुधबार
prachanda-.JPG

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धन तोड्ने प्रयास भइरहेको बताएका छन् ।

बुधवार सुरेश वाग्ले बासु र भिमसेन पोखरेल वैरागीको २२औं स्मृति सभामा बोल्दै प्रचण्डले एमसीसीलाई कारण देखाउँदै देश भित्र र बाहिरबाट गठबन्धनलाई फुटाउने प्रयास भइरहेको बताएका हुन् ।

‘प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धनलाई विभाजन कसरी गर्ने, एमसीसीलाई कारण बनाएर गठबन्धन फुटाउन सकिन्छ भनेर होस् वा अन्य हिसाबले काम भइरहेको छ,’ उनले भने ।

प्रचण्डले अहिलेकै स्थितिमा एमसीसी पारित हुन नसक्ने दोहोर्याए । प्रचण्डले मंगलबार पनि एमसीसी पास नहुने घोषणा गरेका थिए । युवा सङ्गठन वाईसीएलको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी संसदबाट पास नहुने बताएका थिए ।

उनले माओवादी केन्द्र पनि एमाले जस्तै ‘विचार शून्य’ हुने हो भने पार्टी नै विघटन गरिदिनुपर्ने बताए । माओवादी केन्द्रका नेता पनि क्रान्तिका लागि भन्दा पनि पद, प्रतिष्ठा र पैसातर्फ बढी केन्द्रित भएको गुनासो गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ