- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रीय लोकतान्त्रीक अपाङ्ग संघ केन्द्रीय समितिले नेपाली कांग्रेसमा अपाङ्गता भएका ब्यक्तिहरुको संबेदनशिलतालाई ध्यानमा दिइ अर्थपूर्ण सहभागिताको माग गरेको छ ।
संघका अध्यक्ष भोजराज श्रेष्ठ संघका अध्यक्ष भोजराज श्रेष्ठले कोषाध्यक्ष सितादेवी यादवमार्फत पार्टी सभापति शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै आसन्न १४औं महाधिबेशनमा पार्टीले विभेदकारी नीति अवलम्वन गरेको बताउँदै पार्टीको बिधान, नियमावली, निर्बाचन निर्देशिका र परिपत्रमा वडादेखि केन्द्रसम्म अर्थपुर्ण सहभागी गराउन प्रतिनिधित्व सुनिश्चित गराउन माग गरेका हुन् ।
नेपालको संविधान २०७२ को मर्म र भावना बमोजिम कांग्रेसको बिधान संशोधन गरि समाबेशी चरित्रको ब्यवस्था गरिएकोमा केही अपुरो र अधुरो हुन गएकाले चार बुँदे माग अघि सार्दै संघले अपाङ्गता भएका ब्यक्तिहरुको अर्थपूर्ण सहभागिताको माग गरेको हो ।
१. केन्द्रीय र प्रदेश महाधिबेशन प्रतिनिधिको लागि प्रतिनिधिसभम क्षेत्रीय निर्बाचन क्षत्र बाट नै अपांगता भएको व्यक्ति निर्बाचित भएर आउने ब्यवस्था गरियोस।
२. स्थानीय तह, क्षेत्रीय, जिल्ला र प्रदेश कार्यसमितिमा अपांगता भएको व्यक्तिको अनिवार्य निर्बाचित हुने ब्यवस्था गरियोस।
३. उम्मेदवारी दिंदा अपाङ्गता भएका ब्यक्तिको हकमा अपाङ्गता परिचय पत्र निर्देशिका बमोजिम स्थानिय तहबाट प्रदान गरिएको अपाङ्गता परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने ब्यवस्था गरियोस।
४. अपाङ्गता भएका ब्यक्तिहरुको लागि क्लष्टरको अनिवार्य ब्यवस्था गरियोस।