arrow

रोल्पाका ६६ वडामा काँग्रेसको नेतृत्व सर्वसम्मत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २५ शुक्रबार
congress-14th-general-convention.jpg

रोल्पा । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका ७२ वडा मध्ये ६६ मा सर्वसम्मत नेतृत्व चयन  भएका छन् । सर्वसम्मत हुन नसकेका छ  वडामध्ये चारमा नेतृत्व चयन गरिएको र एक वडामा शुक्रवार नेतृत्व चयन गरिने जनाइएको छ ।

“अधिवेशन  हुन नसकेका एक  वडामा आज अधिवेशन हुँदै छ”, काँग्रेस रोल्पा जिल्ला सभापति अमरसिंह पुनले भने । रुन्टीगढी गाउँपालिका-८ को अधिवेशन हुन सकेको थिएन । 

जिल्लामा एक जना दलित र एक महिला वडा सभापति मात्रै निर्वाचित भएका छन् । यसरी निर्वाचित हुने वडा  सभापतिमा सुनिल स्मृति गाउँपालिका-४ बाट हीरादेवी पुनमगर र सोही गाउँपालिका-७ बाट रेमलाल विक रहेको सभापति पुनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ