arrow

गिरिजाप्रसादकै शैलीमा डा.शंशाक: गृहजिल्ला पुगेर कांग्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा

logo
सन्जय भट्टराई
प्रकाशित २०७८ भदौ २६ शनिबार
sasanka-nawalpur.jpg

नवलपुर । गिरिजा प्रसाद कोइरालाको शैली पछ्याउँदै नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले गृह जिल्ला नवलपुर आएर पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन ।

नेपाली कांग्रेस देवचुली नगर कार्यसमितिले निर्माण गरेको बीपी स्मृति भवन उदघाटन गर्न गृह जिल्ला आएका डा.कोइरालाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापतिमा उम्मेदवारी दिने बताएका हुन् ।

‘नवलपुर मेरो गृह जिल्ला हो । जसरी गिरिजा प्रसाद कोइरालाले गृह जिल्ला मोरङबाट महत्वपुर्ण घोषणा गर्नुहुन्थ्यो, मैंले पनि मेरो गृह जिल्लाबाट सभापतिमा लडने घोषणा गर्दछु,’कोइरालाले भने ।

कार्यकर्तालाई सम्बोधन गर्दै कोइरालाले आगामी निवार्चनपछि कांग्रेसले बहुमतको सरकार बनाउने पन दाबी गरे । कांग्रेस कांग्रेसकै कारणले मात्रै पराजित भएको बताउँदै कोइरालाले महाधिवेशनपछि कांग्रेस एकजुट हुने र आगामी निर्वाचनपछि कांग्रेसले बहुमको सरकार बनाउने कोइरालाको दाबी थियो । 



नयाँ