arrow

संसद बैठक शुरु हुनासाथ एमाले सांसदहरुको नाराबाजी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २७ आइतबार
amale samsad.png

काठमाडौं । नेकपा एमालेका सांसदहरुले आइतबारको संसद बैठकमा पनि अवरोध सिर्जना गरेका छन् ।

दिउसो १ बजे शुरु भएको  प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरुले  अवरोध कायमै राखेका हुन् ।

सभामुख अग्नीप्रासद सापकोटाले प्रतिनिधिसभाको बैठक शुरु गर्नसाथ एमाले सांसदहरु नाराबाजी गर्दै वेल घेर्न पुगेका थिए ।

सभामुख सापकोटाले एमालेले कारवाही गरेका १४ सांसदलाई कारवाहीको मान्यता नदिएको भन्दै एमाले सांसदहरुले संसद अवरोध गर्दै आइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ