-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । नेकपा एमालेका सांसदहरुले आइतबारको संसद बैठकमा पनि अवरोध सिर्जना गरेका छन् ।
दिउसो १ बजे शुरु भएको प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरुले अवरोध कायमै राखेका हुन् ।
सभामुख अग्नीप्रासद सापकोटाले प्रतिनिधिसभाको बैठक शुरु गर्नसाथ एमाले सांसदहरु नाराबाजी गर्दै वेल घेर्न पुगेका थिए ।
सभामुख सापकोटाले एमालेले कारवाही गरेका १४ सांसदलाई कारवाहीको मान्यता नदिएको भन्दै एमाले सांसदहरुले संसद अवरोध गर्दै आइरहेका छन् ।