arrow

नेपाल र ओमानबीच भिडन्त हुँदै, नेपाललाई कीर्तिमान राख्ने अवसर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २९ मंगलबार
nepali-cricket-win-2021.jpg

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालले मंगलबार ओमानसँग खेल्दैछ । खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा ‘डे नाइट’ हुँदैछ । खेल नेपाली समयअनुसार अपरान्ह ४ः१५ बजे शुरु हुनेछ ।

घरेलु टिमविरुद्ध मैदानमा उत्रँदा नेपाललाई जितका लागि सहज भने पक्कै छैन । तर सिरिजको पहिलो खेलमा सोमबार अमेरिकालाई ५ विकेटले हराएको नेपालमा मनोबल भने उच्च छ । नेपालले यो खेलमा जित हात पारे आफ्नो कीर्तिमान भने राख्नेछ । 

नेपालले एक दिवसीयमा लगातार चार जितको कीर्तिमान बनाउने छ । त्यस्तै अर्को कीर्तिमान पनि बन्नेछ । त्यो हो लगातार तीन देशविरुद्धको जित पनि । यो सिरिज शुरु हुनुअघि नेपालले पपुवा न्यूगिनीसँग २ एक दिवसीय खेल खेलेको थियो । जसमा नेपालले २–० ले सिरिजमा क्लिन स्वीप गरेको थियो । 

तर नेपाललाई ओमानमाथि उसकै मैदानमा जित निकाल्न सजिलो छैन । किनकि यो समूहको सबैभन्दा बलियो टिम नै ओमान हो । ओमानले नेपाललाई नेपालकै मैदानमा दुवै खेलमा पराजित गरिसकेको छ । 

लिग–२ को सिरिज अन्तर्गत नै नेपालले घरेलु मैदानमा ओमानसँग दुई खेल खेलेको थियो । दुवै खेलमा नेपाल पराजित भएको थियो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा २०२० को फेब्रुअरी ५ मा भएको खेलमा नेपाल ओमानसँग १८ रनले तथा ९ फेब्रुअरीमा भएको दोस्रो खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो । 

यसपालि नेपालको कमजोर मानिएको ब्याटिङ लाइन चलेको छ । रोहित पौडेलले लगातार दोस्रो अर्धशतक बनाएका छन् । ओपनिङ साझेदारीमा अमेरिकाविरुद्ध अहिलेसम्मकै वेष्ट बनेको छ । 

बलिङ पनि ठीकै छ । फिल्डिङमा सुधार गर्न सक्ने हो भने नेपाललाई ओमानमाथि जित निकाल्न कठिन छैन । तर ब्याक टु ब्याक लगातार दोस्रो खेल खेल्दा केही थकान अवश्य हुन सक्नेछ । 

सिरिजमा नेपालले दोस्रो तथा ओमानले पहिलो खेल खेल्दैछ । 

अंक तालिका
ओमान लिग–२ को शीर्ष स्थानमा  छ । ओमानले १० खेलमा १६ अंक जोडेको छ ।

नेपाल ५ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । 

अमेरिकाले १३ खेलमा १२ अंक जोडेको छ । अमेरिका दोस्रो स्थानमा यथावत् रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ