arrow

१२ सिडिओसहित १६ कर्मचारीको सरुवा, को कहाँ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३० बुधबार
home-ministry-nepal.jpg

काठमाडौँ । गृह मन्त्रालयले १२ सिडिओसहित १६ कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले बुधवार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको हो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीमा पठाइएको र ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलालाई भने मन्त्रालयमा ल्याइएको छ ।

गुल्मीका सिडिओ रुद्रादेवी शर्मालाई भक्तपुर ल्याइएको छ भने मन्त्रालयका सहसचिव पुण्यविक्रम पौडेललाई गुल्मीको सिडिओमा पठाइएको छ । गृहका सहसचिव शङ्करहरि आचार्यलाई गोरखाको सिडिओमा र सहसचिव काशीराज दाहाललाई मोरङ लगिएको छ भने मोरङका सिडिओ कोशहरि निरौलालाई गृहमा ल्याइएको छ । गृहका अर्का सहसचिव दीपककुमार पहाडीलाई रामेछाप तथा नुरहरि खतिवडालाई सङ्खुवासभाको सिडिओमा पठाइएको छ । 

सङ्खुवासभाका सिडिओ टेकनारायण पौडेललार्ई गृह मन्त्रालयमा ल्याइएको छ । गृहका सहसचिव टेकराज निरौलालाई दोलखा पठाइएको छ भने दोलखाका सिडिओ वासुदेव घिमिरेलाई मन्त्रालयमा ल्याइएको छ । 

रुपन्देहीका आस्मान तामाङलाई चितवनको सिडिओमा खटाइएको छ भने गृहका सहसचिव कृष्णप्रसाद लम्साललाई धादिङको सिडिओ बनाइएको छ । मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादवलाई उदयपुर र अर्का सहसचिव ऋषिराम तिवारीलाई रुपन्देही पठाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ