- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनमा रहेका केही दलभित्रको आन्तरिक व्यवस्थापनको अलमलका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताएका छन् ।
शनिबार आज गणेशमान सिंहको २५औं स्मृतिम दिवसको अवसरमा गणेशमान सिंह फाउन्डेसनले शोभा भगवतिमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन् । कार्यक्रमा नेता सिंहले गठबन्धनमा भएका दलहरुबीच कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको भन्दै छिटै सरकारले पूर्णता पाउने बताए ।
साथै नेता सिंहले कम्युनिष्टहरुको दुई तिहाईको सरकारले जनताको मर्म र भावनामा लगातार प्रहार गरेको बताउँदै कम्युनिष्टहरुले संविधानको भावना र मर्म अनुसार काम गर्न नसकेकै कारण गठबन्धनको निर्माण भएको समेत बताए ।
उनले कम्युनिष्टहरु असफल हुँदा त्यसको प्रतिफल स्वरुप नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएको बताए । कांग्रेस नेतृत्वको सरकारले जनताको भावना अनुसार काम गर्नेमा विश्वास रहेको उनको भनाइ थियो । त्यस्तै नेता सिंहले पार्टीको १४औं महाधिबेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए ।
उनले पार्टी भित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढीरहेको भन्दै विवाद भएका जिल्लामा विधीविधान अनुसार समधान गर्नुपर्ने बताए । ‘पार्टी भित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढीरहेको छ,’ उनले भने, ‘महाधिबेशन निष्पक्ष तवर गर्नु पर्दछ । विवाद भएका जिल्लामा विधीविधान अनुसार समधान गर्न सभापति लगायत सम्पूर्ण नेताहरु लाग्नु पर्दछ ।’
अर्को प्रसङ्गमा नेता सिंहल साझा उम्मेद्वारको सम्भावना अझै नसकिएको भन्दै त्यसका लागि निरन्तर छलफल भइरहेको जानकारी दिए । तर आफू सभापतीको उम्मेदवारबाट पछि नहट्ने बताए ।
कार्यक्रममा उनले सर्वोच्च नेता गणेशमान सिंहले नेपालको राजनीतिमा गर्नुभएको योगदानको स्मरण गरे र जस्तोसुकै अप्ठयारो परिस्थीतीमा पनि गणेशमान सिंहले नेपाली जनाताको सेवा गर्न नछोडेको उनको भनाइ थियो । साथै कांग्रेस पार्टी मजबुत बनाउन गणेशमान सिंहको अमूल्य योगदान रहेको नेता सिंहको भनाई थियो । कार्यक्रममा पूर्वमन्त्री राजेन्द्र कुमार केसी, कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पान्डे, किरण गिरि कांग्रेस काठमाडौं सभापति सबुझ बानियाँ लगायत नेता कार्यकर्ताहरु उपस्थित थिए ।