arrow

कालो झन्डाका नाममा अराजकता 

logo
दयाराम पण्डित,
प्रकाशित २०७८ असोज ३ आइतबार
kalo-jhanda.JPG

बाजुरा । शनिवार दिउसो बाजुरामा नेपाली काँग्रेसका केही कार्यकर्ताबाट भएको अनैतिक क्रियाकलापले श्रीमद्भागवत गीतामा भनिएको केही हरफ उद्धृत गर्दै मनका कुरा राख्ने भाव जाग्यो । मलाई लागेका दुई चार कुरा  अर्जुनको यही दिव्य उवाचबाट प्रारम्भ गर्न चाहन्छु । 
अर्जुन उवाच
हे शत्रुहन्ता , हे मधुसूदन ! मैले कसरी युद्धभुमिमा भीष्म र द्रोण जस्ता पूजनीय व्यक्तिहरूमाथि वाणले प्रतिप्रहार गरूँ। ठुला महानुभाव गुरुजनहरूलाई मार्नुभन्दा बरु यो संसारमा भीख मागेर बाँच्नु राम्रो हो। सांसारिक लाभका इच्छुक भए पनि उनीहरू मेरा गुरुहरू हुन् ।यदि उनीहरू मारिन्छन् भने हामीले भोग गर्ने हरेक वस्तु रगतले मुछिएको रक्त रञ्जित हुनेछ। हामीले उनीहरूलाई जिते राम्रो हुने कि उनीहरूले हामीलाई जिते राम्रो हुने , यो पनि हामीलाई थाहा छैन। हामी जुन धृत राष्ट्रका छोराहरूलाई मार्न चाहँदैनौँ तिनीहरू नै अहिले हाम्रा अगाडि युद्धभुमिमा उभिइरहेका छन् ।

अहिले विवेकको दुर्बलताले गर्दा मैले मेरो कर्तव्य के हो भन्ने निश्चित गर्न सकिरहेको छैन र म आफ्नो सम्पूर्ण धैऋृ पनि गुमाउँदै छु।यस्तो अवस्थामा मैले हजुरसँग सोधिरहेको छु मेरालागि सबैभन्दा राम्रो के गर्दा हुन्छ, त्यही भन्नुहोस् ।म हजुरकै शिष्री हुँ र हजुरकै शरणमा आएको छु, अतः कृपा गरेर मलाई समुचित उपदेश दिनुहोस् ।मेरा इन्द्रियहरूलाई सुकाउने यो शोक हटाउने कुनै उपाय म देख्दिन । स्वर्गमा देवताहरू जस्तै यो पृथ्वीमा संसारभरिको निष्कण्टक र धन – धान्यपूर्ण राज्री पाए पनि म यो शोकलाई हटाउन सक्दिन। 

 जब मानिसले विवेकको दुर्बलता देखाउँछ पतनको बाटो रोज्या भन्ने बुझिन्छ । बुद्धिमानले बाण हान्नु पहिले पटक पटक सोच्न आवश्यक छ । उक्त बाणले कहाँ कति क्षेत्री गर्ने हो । भागवत गीतामा भनिए झैँ अर्जुनले हानेको बान्नले ठाउँको ठाउँ राख्न त सकिन्छ । तर पनि उनले बाण हान्नु पहिले सय पटक सोच्छन् । भीष्म र द्रोण जस्ता महान् गुरुलाई मार्नु भन्दा आफूले भीख नाघेर  प्राण बचाउन उचित ठान्छन् । सारमा बाण हान्ने कला छ भन्दैमा जब योद्धा युद्धमा होमिन्छ । किंकर्तब्य विमूढ उसले युद्ध जित्न चाहन्छ । युद्ध एक कला हो । जसले आफ्नो कला कौशल प्रदर्शन गर्न सक्छ उसले बाजी मार्छ । माथि भनिए झैँ युद्ध जित्न महान् मान्छे अर्थात् गुरुलाई मारेर युद्ध जित्नुको कुनै अर्थ छैन । हरेक क्षेत्रमा गुरु हुन्छन् । जो गुरुको शिक्षाबाट वञ्चित छ उसैले अराजकता फैलाउँछ । 

  हो ,यति बेला नेपाली काँग्रेसको महासङ्ग्राम चलिरहेको छ। पर्सी असोज पाँच गते देखि बाजुरा लगायतका २१ जिल्लमा औपचारिक रूपमा वडा अधिवेशन हुँदै छ। निर्वाचन सम्पन्न गराउन केन्द्रबाट निर्वाचन अधिकृत सन्तोष भण्डारी सदरमुकाम मार्तडी पुगिसेकेका छन् । आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन र स्वच्छ निष्पक्ष र मर्यादित निर्वाचन गराउन यहाँको महत्त्वपूर्ण भूमिका रहनेछ । निर्वाचन अधिकृतलाई अग्रिम बधाई तथा शुभकामना ! 
  
अब सन्दर्भ रह्यो नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेलाई शनिवार दिउसो आफ्नै गृह जिल्लामा देखाएको “कालोझण्डा” प्रकरण । सदरमुकाम मार्तडी स्थित बिपी स्मृति भवन नेपाली काँग्रेसको पार्टी कार्यालयमा भएको जुन कुकृत्य अराजक शैली प्रदर्शन गरे त्यो कुनै सन्दर्भमा ठिक छैन । यो घटना न त विधि विधानसम्मत छ न च्यानअफ कमाण्ड , न यसले राजनीतिक नैतिकतालाई उद्यत गर्दछ । यसलाई त केबल पोलिटिक्समा पोलुसनको संज्ञा दिनुपर्ने हुन्छ । गोयवल्स प्रोपगण्डा  अफवाह शैली जस्तो मात्र हो यो ।  यसले राजनीति न्याय मारेको छ । विखण्डनकारी र बेविचारीलाई प्रशय दिइएको छ। 

अर्को कुरा यति बेला पार्टी सभापति कविराज पण्डितलाई उक्त घटनासँग जोडेर सघन आरोप लागेको छ । स्वागत गर्ने कविराज पण्डित जाने र पार्टी कार्यालयमा कालोझण्डा देखाउने देउवा समूहका भनेर स्वयं बद्री पाण्डेले भनेका छन् । मलाई लाग्छ यति हर्कत कविराज पण्डित गर्दैनन् र गराउँदैनन् पनि । राजनीतिमा चतुर्‍याइँ उनमा देखिँदैन । उनमा बौद्धिकता छ । तर त्यो बौद्धिकतालाई सदुपयोग गर्ने उनीसँग पि.आर. अर्थात् जनसम्पर्क र समन्वय गर्ने क्षेमता वा कला कम छ । मेरो बुझाइमा उनलाई पछिल्लो समयमा कसैबाट प्रलोभन देखाइएको हुनसक्छ ।  विभिन्न आचरणका मानिसले उनीबाट व्यक्तिगत फाइदा लिनेको जमात बढेको छ। उनलाई अर्को पार्टीबाट समायोजन भएकाहरूले हतियार बनाएका छन् । चौघेरामा उनलाई पारिएको छ । त्यो उनले सुभmबुझ गर्ने कुरा हो । सबैको आशय शनिवार भएको कालो झन्डा प्रकरणलाई न्यूनीकरण गर्न उनकै पार्टी कार्यालयमा केन्द्रीय सदस्य पाण्डे सहित उपस्थित बैठकमा गलत गर्नेलाई कारबाही गरिनुपर्थ्यो । 
    
काँग्रेस जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा यस्ता घटना हुनु जिल्लका लागि कदापि उचित हैन । जिल्ला बाहिर बाजुरा जोडिएको छ । जिल्ला भित्रने त्रिवेणी नगरपालिका जोडिएको छ। यसको जड कुरा पनि त्यही हो । जिल्लाको काँग्रेसको उर्वभूमि पनि त्रिवेणी नगरपालिका हो । यसलाई कसैले अस्वीकार गर्दैनन् पनि । मलाई लाग्छ सबैलाई मिलाएर लैजाने काँग्रेस नेताको खडेरी पर्‍यो छ । गुट उपगुट भए । भोट बैङ्क बनाउन आफ्ना भनिएका लागि काठमाण्डौं धर्ना बसे । अर्काका नाम कटाउन हर प्रयास गरे । जहाँ बाजुराका क्रियाशीलमा दुधकोशी गाउँपालिकाको छाप लागेर आयो विभेद करणले उग्र रूप लियो । काँग्रेसको विधान पनि त्यही जलाइयो । गुट मौलायो नेता मूकदर्शक भए । अहिले परिणति नराम्रो देखियो । 

हामीमा एक उखान छ “भन्या सरग गट्टो मान्दो मेघ किन आउँदो हो । ” दुष्परिणामको नतिजा त्रिवेणी नगरपालिकाका मेयर , पार्टीका वरिष्ठ नेता  रामसिंह रावलले पनि यो अराजकताको चौक्या बर्को ओड्नुपर्छ । किनकि पार्टीमा अन्तरसंर्घषका नाममा तथानाम उनबाट पनि भएको छ। देउवा समूह भन्दै गर्दा छोई छिटो हाल्नुपर्ने अवस्था त्रिवेणिमा किन ल्याए ? आफ्ना भनेकालाई खोजी खोजी रोजी स्थान दिने । राज्यको सम्पत्ति दहन गरी कार्यकर्ता परिचालन गर्ने । आफ्नालाई मात्र क्रियाशील दिने अर्को समूहको नामै निमिट्यान्न पार्ने यस्ता कुकृत्यमा वरिष्ठ नेताले लाग्नुहुन्थेन । मन जितेर आफूले नेतृत्वको दाबी गर्नु उचित हुन्थ्यो । उनकै लागि श्रेय कर हुन्थ्यो । विडम्बना ! अघिल्लो लिस्टमा आएका केही व्यक्ति का नाम पछिल्लो लिस्टमा छैनन् रे । जो आए पनि काँग्रेसकै सदस्य आउँथे होलान् । यति पनि उदार हुन नसक्नेले के सामूहिक नेतृत्वको रटान गर्नु । किन भोट बैङ्कका रूपमा क्रियाशीललाई प्रयोग गरिएको हो ?अनि बाजुराका क्रियाशील सदस्यता वितरणमा त्यसले अन्ततोगत्वा उनलाई पनि क्षेत्री हुने देखिन्छ । 
 
अर्को कुरा केन्द्रीय सदस्य बद्री पाण्डेकै शब्दमा मेरा विरुद्ध यति मात्र हैन म माथि ठुलो षड्यन्त्र भएको छ । जिल्ला भित्र र बाहिरबाट मेरो बदनाम गराउने खेल भएको छ । अधिवेशन सकुशल सकाउन् त्यसपछि म चिर्न तयार छु । यसले अन्तर्द्वन्द्व बढी चर्किन सक्छ । केन्द्रीय सदस्य बद्री पाण्डेले केही व्यक्ति टिपेर टिमको राजनीति गर्नु भन्दा पनि देशको ठुलो सपना बोको सम्भावना भएको व्यक्ति भएकाले अल्झनमा लाग्ने हैन । सबैलाई मिलाएर लैजाने तर्फ लाग्दा बेस हुन्छ ।
 
 अराजक तत्त्वले व्यक्तिगत स्वार्थ सिद्धिका लागि कहिले पार्टी कार्यालय तोडफोड गर्ने ,कहिले झन्डा जलाउने, कहिले कालो झन्डा देखाउने  यसले केबल मूर्खताको संज्ञा दिन्छ । यस्ता कुकृत्यले समाज रूपान्तरण हैन समाज विखण्डनको सिकार बनाउँछ । यस्ता गलत प्रवृत्तलाई रोक्न बाजुराको राजनीतिक मियोका रूपमा स्थिति नेता द्वय जनकराज गिरी र देवराज जोशी लगायतका शीर्ष नेता हुरेल पछिल्लो पुस्ताका नेता कार्यकर्तालाई गुण र दोषका आधारमा कार्यकर्ता परिचालन र शक्ति बाँडफाँड गर्नु पर्ने हो । उनीहरू पनि त्यसमा उद्यत भएको देखिँदैन । अब नेपाली जनताले कोरा भाषण भन्दा पनि समाज समृद्धिका एजेन्डामा सहमत गर्ने छन् । हामीलाई कुशल जनप्रतिनिधि एनकी कुशल नेतृत्व चाहिएको हो । 

    बाजुरामा नेता देखि हाकिम समाजसेवी सबैलाई कालो झन्डा, कालो मोसो, जुत्ता माला कुटपिट भाटा अराजनीतिक गर्दै जाने हो भने यो जिल्लामा समृद्धि हैन । देशकै ७७ औँ को कालोसूचीमा फस्नेछ ।हाम्रो समाजमा कालो झन्डाका नाममा अराजकता फैलँदै जानेछ । राजनीतिक वृत्तका नेता कार्यकर्ताले यस प्रति सजग रहन आवश्यक छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ