- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेपाल सरकारले संविधान दिवसका अवसरमा उद्यमी व्यवसायीहरूलाई पदकद्वारा विभूषित गरेको छ। विभूषित हुनेमा उद्यमी उपेन्द्र महतो, देवी प्रकाश भट्टचन, सुरेन्द्रवीर मालाकार छन्। उनीहरूले सुकीर्तिमय राष्ट्रदीप पाएका छन्। उद्यमीहरू ध्रुवकुमार श्रेष्ठ, शेखर गोल्छा, राजेन्द्रकुमार खेतान, विष्णु कुमार अग्रवाल, शिवरतन सारडा, शाहिल अग्रवालले सुप्रवल जनसेवाश्री पदकबाट विभूषित भएका छन्।
संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९ सय ३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरेकी छिन्।
नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उनले ती विभूषण प्रदान गरेकी हुन्।
राष्ट्रपति भण्डारीले नेपाल रत्न एक जनालाई, राष्ट्र गौरव दुई जनालाई, महाउज्ज्ल राष्ट्रदीप प्रथम श्रेणी पाँच जनालाई, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणी पाँच जनालाई, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी एक जनालाई, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणी २४ जनालाई प्रदान गरिएको छ।
सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी ३९ जनालाई, सुप्रवल जनसेवाश्री तृतीय श्रेणी १६१ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी आठ जनालाई, प्रबल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी १९० जनालाई प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।