arrow

पोखराको तिवारी फोम हाउसमा आगलागी, करिब एक करोडको क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ६ बुधबार
Fire-Pokhara.jpg

पोखरा। पोखराको नागढुंगास्थित तिवारी फोम हाउसमा आगलागी भएको छ । गए राति करिब १० बजे आगलागी हुँदा फोम हाउसमा रहेका सबै सामग्री जलेर नष्ट भएको बताइन्छ ।

सो आगलागीमा मानवीय क्षति भने नभएको कास्की प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी निरीक्षक श्याम थापा नेतृत्वको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

विद्युत् सर्ट भएर आगलागी भएको सञ्चालक तिवारीले जानकारी दिए । मङ्गलवार साँझ ७ः३० बजे पसल बन्द गरेर घर गएको र करिब ९ः३० बजे आगलागी भएको आफूले जानकारी पाएको उनले बताए ।

आगलागीबाट करिब एक करोड रुपैयाँ बराबरको क्षति पुगेको सञ्चालक तिवारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ