arrow

देउवाले बोलाए पदाधिकारी बैठक, महाराजगञ्जमा पौडेल पक्षको छुट्टै बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ६ बुधबार
deuba-poudel.png

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक बुधवार दिउँसो बस्दैछ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा दिउँसो ३ः०० बजे बैठक बस्न लागेको हो ।

बैठकमा समसायिक राजनीतिक विषय, पार्टीको १४औं महाधिवेशन र मन्त्रीमण्डल विस्तारका विषयमा छलफल हुने बताइएको छ ।

यता, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पनि बेग्लै बैठक बोलाएका छ । सभापति देउवाले आफू पक्षीय नेतालाई मात्र मन्त्री नियुक्त गर्न थालेपछि पौडेल पक्षले बेग्लै बैठक बोलाएको हो ।

बुधबार दिउँसो १ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा पौडेल पक्षको बैठक बस्न लागेको हो ।

देउवाले आफू पक्षका मानिएका बालकृष्ण खाँणलाई गृह, ज्ञानेन्द्र कार्कीलाई कानुन, डा.नारायण खड्कालाई परराष्ट्र र उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका छन् । देउवाले बुधबार आफू पक्षकै डा.खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेपछि पौडेल पक्ष रुष्ट बनेको छ ।  



नयाँ