arrow

परराष्ट्रमन्त्री खड्काले लिए पद तथा गोपनीयताको शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ६ बुधबार
narayan-khadka-oath.jpg

काठमाडौँ । परराष्ट्रमन्त्रीमा नियुक्त नेपाली काँग्रेसका नेता डा. नारायण खड्काले पद तथा गोपनीयताको शपथ गरेका छन् ।

शीतल निवासमा केहीबेरअघि आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधवारै खड्कालाई परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी मन्त्री पदमा नियुक्त गरेकी थिइन् ।  
सत्ता गठवन्धन आबद्ध पाँच दलबिच मङ्गलवार भएको सहमति अनुसार काँग्रेसका तर्फबाट उनलाई परराष्ट्र मन्त्री बनाइएको हो । 

मन्त्री खड्का केहीबेरमा परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम छ ।



नयाँ