arrow

'किड्नी र क्यान्सरजस्ता रोगहरूको समयमै व्यवस्थापन नगरे ठुलो महामारी आउनसक्ने'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ६ बुधबार
umesh-shrestha.jpg

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले डाएलाईसिस, किड्नी र क्यान्सरजस्ता रोगहरूको उपचारका लागि समयमै व्यवस्थापन गर्न नसके ठुलो महामारी व्यहोर्नुपर्ने बताएका छन्। उनले नेपालमा प्रत्येक वर्ष ३ हजार मानिसको किड्नी फेल भएको विवरण आइरहेको भन्दै पाँच वटा मात्रै उपचार गर्ने अस्पताल भएकोले किड्नी ट्रान्सप्लान्ट गर्नका लागि पनि २ वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको बताए।

बुधवार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा राज्यमन्त्री श्रेष्ठले भने '‘किड्नी र क्यान्सर जस्ता रोगहरूको उपचारका लागि समयमै व्यवस्थापन गर्न नसके ठुलो महामारी व्यहोर्नुपर्छ, नेपालमा प्रत्येक वर्ष ३ हजार मानिसको किड्नी फेल भएको विवरण आइरहेको छ, यो ठ्याक्कै नहोला, मैले सोध्दा लगभग यतिकै हाराहारीमा छ।'

उनले डाएलाईसिस गर्नका लागि आवश्यकता अनुसारको सर्भिस सेन्टर नपुगेको जानकारी दिए । सरकारी अस्पताललाई अब पनि सुधार गर्न नसके ठुलो दुर्घटना हुने बताए । अप्रेसन गर्नका लागि दुई वर्ष कुर्नुपर्ने बाध्यता रहेको बताउँदै राज्यमन्त्री श्रेष्ठले अप्रेसन सेन्टर पनि बढाउने सरकारको योजना रहेको जानकारी दिए । उनले ट्रान्सप्लान्ट र डाएलाईसिसमा ६ महिना भित्र ठुलो परिवर्तन हुने दाबी गरे ।

राज्यमन्त्री श्रेष्ठले भने 'अप्रेसन गर्नको लागि ५ वटा अस्पताल छन्, जसमा तीन वटा सरकारी छन्, किड्नी ट्रान्सप्लान्ट गर्नका लागि पनि २ वर्षसम्म कुर्नुपर्ने बाध्यता छ, यसलाई सकेसम्म कम गर्नुपर्छ, हामीले यसको सुधार ल्याउनका लागि जिल्लादेखि प्रदेशसम्म डाएलाईसिस सेन्टर बनाउने र जनतालाई सर्वसुलभ दरमा उपचार दिने सरकारको योजना छ, सरकारी अस्पताललाई अब पनि सुधार गर्न नसके ठुलो दुर्घटना हुन्छ, त्यसैले हामीले ६ महिना एक वर्ष भित्रमा अप्रेसन गर्नका लागि दुई वर्ष कुर्नुपर्ने बाध्यता हटाउँछौँ, आवश्यक संरचनाहरू थप्नेछौँ, ६ महिना भित्र ट्रान्सप्लान्ट र डाएलाईसिसमा ठुलो परिवर्तन हुनेछ ।’

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अहिले स्वास्थ्यमा सबैभन्दा ठुलो खतरा बीमाबाट रहेको बताउँदै बीमा व्यवस्थित गर्न जरुरी रहेको पनि बताए । उनले बीमा भएकाहरूले वर्षमा एक पटक स्वास्थ्य परीक्षण गरे स्वास्थ्य समस्या कम हुने बताए । उनले राज्यको पैसाको स्वास्थ्य क्षेत्रमा दुरुपयोग भएको भन्दै त्यसलाई व्यवस्थापन गरेर अघि बढ्न जरुरी रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ