- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। युरोपेली मुलुक लिथुआनियाले आफ्ना नागरिकलाई चिनियाँ मोबाइल नकिन्न निर्देशन दिएको छ । लिथुआनियाकाे राष्ट्रिय साइबर सुरक्षा केन्द्रले गरेको परीक्षणमा चिनियाँ ब्रान्ड सोओमीको मोबाइलमा 'सेन्सर सीप' उपकरण प्रयोग गरेएको पाएको छ । यस्तै हुवावेमा साइबर आक्रमणको खतरा रहेको पाएको छ ।
यसै कारण लिथुआनियाको रक्षा मन्त्रालयले चिनियाँ फोन नकिन्न र किनिसकेका फोनलाई छिटोभन्दा छिटो विस्थापन गर्न अनुरोध गरेको हो ।
लिथुआयिनाका रक्षा उपमन्त्री मार्गिरिस अबुकेभियसले भनेका छन्, 'नयाँ चिनियाँ फोन नखोज्न र पहिले नै किनेको फोन छिटो भन्दा छिटो विस्थापन गर्न हाम्रो अनुरोध हो ।'
साइबर सुरक्षा केन्द्रको रिपोर्ट अनुसार साओमीको फ्ल्यागसिप एमआई टेनटी फाइब जी (flagship Mi 10T 5G )मोबाइलमा एक सेन्सर गर्ने सफ्टवेयर रहेको पाइएको छ ।
सो सफ्टवेयरले स्वतन्त्र तिब्बत, लङ्ग लिभ ताइवान र प्रजातान्त्रिक आन्दोलन जस्तावाक्यांशहरूलाई सेन्सर अर्थात् प्रतिबन्ध गरेको पाइएको हो । यस्तै ४ सय ४० वाक्यांशहरूलाई उक्त मोबाइलले सेन्सर गरेको बताइएको छ ।
यस्तै साओमीको फोनले फोनको इन्क्रिप्टेड डेटा सिंगापुरको एक सर्भरमा पठाइरहेको समेत अनुसन्धानले देखाएको छ । यस्तै हुवावेको पीफोट्टी फाइब जी (P40 5G )मोबाइलमा साइबर आक्रमणको खतरा रहेको उक्त रिपोर्टले जनाएको छ ।
हुवावेका प्रवक्ताले भने 'साइबर सुरक्षा र गोपनीयता लाई प्राथमिकता राख्दै हुवावे कानुनसम्मत' रहेको दाबी गरेका छन् ।