रोनाल्डोको म्यानचेस्टर युनाइटेड काराबाओ कपबाट बाहिरियो, यस्तो छ नतिजा
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ७ बिहिबार
948
Shares
काठमाडौं । पोर्चुगिच फुटबल स्टार क्रिष्टियानो रोनाल्डो सम्मिलित इङ्गलिश प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड काराबाओ कप (ईएफएल) फुटबलबाट बाहिरिएको छ ।
बुधबार राति भएको खेलमा वेस्टह्याम युनाइटेडसँग १–० गोल अन्तरले पराजित गर्दै युनाइटेड बाहिरिएको हो । यसै सिजनमा रोनाल्डो १२ वर्षपछि म्यानचेस्टर आए पनि यो खेलमा भने खेलेका थिएनन् ।
ओल्ड ट्राफोर्डमा भएको खेलमा वेस्टह्यामलाई जिताउन म्यानुएल लान्जिनीले खेलको ९ मिनेटमै निर्णायक गोल गरे ।
जितसँगै वेस्टह्याम प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ ।
त्यस्तै आर्सनल, चेल्सी, लेस्टर सिटी, टोटनह्याम हट्सपर र ब्राइटन एन्ड हभ आल्वियन पनि अन्तिम १६ मा पुगेका छन् ।
यस्तो छ नतिजा
ब्राइटन २–० स्वान्सी सिटी
आर्सनल ३ (लाकाजेट्टी, स्मिथ रोवे, केइता) –० एएफसी विम्बल्डन
चेल्सी १–१ एस्टन भिल्ला (पेनाल्टीमा चेल्सी ४–३ ले विजयी)
म्यान्चेस्टर युनाइटेड ०–१ वेष्टह्याम
मिल्वाल ०–२ लेस्टर सिटी
वुल्भरह्याम्पटन वान्डेरर्स २–२ टोटनह्याम हट्सपर (पेनाल्टीमा टोटनह्याम ३–२ ले विजयी)