arrow

प्रधानमन्त्रीद्धारा सेनाको कमाण्ड समन्वयात्मक बैठक शुभारम्भ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ७ बिहिबार
army 7.JPG

काठमाडौं । नेपाली सेनाको कमाण्ड समन्वयात्मक बैठक २०७८ शुरु भएको छ ।

प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवाले बिहीबार नेपाली सेनाको कमाण्ड समन्वयात्मक बैठक २०७८ को शुभारम्भ गरेका हुन् । सेना पृतना अवधारणाबाट कमाण्ड अवधारणमा गएपछि पहिलोपटक समन्वयात्मक बैठक भएको हो ।

सेनाले तीनजोड एक कमाण्डमा जानुअघि यसप्रकारको बैठकलाई पृतनापति समन्वयात्मक बैठक भन्ने गरेको थियो। सेना १ साउनदेखि पश्चिम, मध्य र पूर्वी तथा उपत्यका गरि चार कमाण्डको संरचनामा गएको छ । यसअघि भने सेनाका उपत्यकामा एक र सात प्रदेशमा गरी देशभर आठ पृतना थिए ।

प्रधानमन्त्री तथा रक्षामन्त्री देउवाले बैठकलाई सम्बोधन गर्दै  राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अङ्गको रुपमा रहेको नेपाली सेनाको रणनैतिक तहमा सञ्चालन हुने यस किसिमका अन्तक्रिया र छलफलहरुले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको विश्लेषण गर्ने बताए ।

उनले सम्बन्धित विषयहरुमा साझा बुझाई निर्माण हुनुका साथै बिश्लेषण गरिएका  चुनौतीहरुको सामना गर्न समय–सान्दर्भिक प्रतिकारात्मक उपायहरुको विकास गर्न महत्वपूर्ण भुमिका खेल्ने विश्वास समेत ब्यक्त गरे ।

यसैगरी सेनाले गरिरहेका विकास निर्माणका कार्यलगायत सेनाले सञ्चालन योजना बनाएका दीर्घकालीन महत्वका कार्यहरुमा श्रोतको सुनिश्चितता गर्न नेपाल सरकारको हरसम्भव प्रयास रहने समेत देउवाले बैठकमा भनेका छन् ।

बैठकलाई सम्बेधन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न र नेपाल सरकारका विधिसम्मत आदेशहरु अक्षरस पालना गर्न कटिबद्ध रहेको बताए ।

सेनालाई प्राप्त जिम्मेवारी पूर्णरुपमा सम्पन्न नभएसम्म कर्तव्यपथमा अडिग रहनेछ भन्ने विश्वास व्यक्त गर्दै शर्माले देशमा विकसित राष्ट्रिय सुरक्षा र स्थायित्वसंग सरोकार राख्ने सबै प्रकारका गतिविधिहरुका सम्बन्धमा नेपाली सेनाले निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गर्दै आइरहेकोे बताए ।

सो क्रममा प्रधानसेनापति शर्माले त्यसबाट सिर्जना हुन सक्ने सुरक्षा चुनौतिहरुलाई सामना गर्न नेपाली सेना सदैव तयारी अवस्थामा रहेको समेत बताए ।

समन्वयात्मक बैठकमा नेपाली सेनाका महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरु तथा कमाण्ड सेनापतिहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समिक्षा एवं सुझावहरु सहितको प्रस्तुतिकरण गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ