arrow

स्प्राइटको प्रोमोशनल अभियानमा उपहारै उपहार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ८ शुक्रबार
sprite-campaign.jpg

काठमाडौं । लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले ‘स्क्रिन टाइम प्रमोशनल अभियान, चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’ शीर्षकको साथ शुरूआत गरेको छ । यस अभियानको उद्येश्य भनेको धेरै भन्दा धेरै उपभोक्ताहरुसम्म पहुँच पुर्याउनु र उनीहरुलाई रिफ्रेस गर्नु रहेको स्प्राइटले बताएको छ । 

यस अभियान अन्तर्गत उपभोक्ताहरुले एउटा बजाज पल्सर १२५ सीसी, एउटा सामसङ ४३ इन्चको टेलिभिजन र ५ वटा सामसङ  एफ २२ मोबाइल हरेक हप्ता जित्ने मौका पाउने छन् । त्यसैगरी, दैनिक लक्की ड्र अन्तर्गत ५ जना भाग्यशाली सहभागीहरुले हरेक दिन एउटा सामसङ मोबाइल एफ २२ जित्ने मौका पाउने पनि स्प्राइटले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । 

सहभागीताका लागि यसो गरौं
यो अफरमा सहभागी हुनको लागि उपभोक्ताहरुले लेबलमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्नेछ वा सीधै www.sprite.com.np मा लग इन गर्नुपर्नेछ । त्यसपछि आफ्नो मोबाइल नम्बर सहित लेबल पछाडि रहेको सिरियल नम्बरलाई इन्टर गर्नुपर्नेछ । 

वैकल्पिक रूपमा सहभागीहरुले आफ्नो पूरा नाम सहित ३४९४९ नम्बरमा लेबलको पछाडि रहेको सिरियल नम्बरलाई एसएमएस गर्न सकिने छ । भदौ ३० देखि लागू भएको यो योजना कार्तिक १८ गतेसम्म रहने छ । 

यो अफर ५०० मिलिलिटरको स्प्राइटको पीईटी प्याक, १ लिटर, १.५ लिटर र २.२५ लिटर किन्दा लागु हुनेछ । यस अफर समावेश नभएका बोतलहरु पनि बजारमा उपलब्ध छ । नियम र शर्तहरुका विवरण स्प्राइटको आधिकारिक वेभसाइटबाट जानकारी लिन सकिने स्प्राइटले जनाएको छ । 

स्प्राइटले भनेको छ, ‘यो प्रमोशन स्प्राइटको ‘क्लियर रह’ अभियान को हिस्सा हो जसको उद्देश्य भनेको युवाहरूलाई स्प्राइटकोे साथमा आफ्नो दिनको मुख्य क्षणहरूमा रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु हो ।’

यो प्रमोशनमा स्प्राइटका ब्राण्ड एम्बासाडर अनमोल केसीलाई छायांकन गरिएको छ ।
 



नयाँ