- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले जनकपुर-जयनगर रेल्वे तत्काल संचालनका लागि सरोकारवाला निकायहरुलाई निर्देशन दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग अनुरोध गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ भेटेर उपसभापति निधिले रेलवे संचालन र उद्घाटनका लागि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन्।
प्रधानमन्त्री देउवासँग निधिले नेपाल र भारत दुबै देशका प्रधानमन्त्रीद्धारा संयुक्त रुपमा रेल्वे उद्घाटनको व्यबस्था मिलाउन भौतिक पूर्बाधार तथा यातायात मन्त्रालय र रेल बिभागलाई निर्देशन दिन अनुरोध गरेका थिए।
उनले भारत सरकारको सहयोगमा बनेको रेल्वे संचालनका लागि नेपाल सरकारले इन्धन र डब्बा खरिद गरिसकेको स्मरण गराउँदै लामो समय संचालनमा नआउँदा बिग्रने अबस्थामा पुगेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
कांग्रेस उपसभापति निधिका अनुसार भेटमा प्रधानमन्त्री देउवाले जनकपुर-जयनगर रेल्वे संचालनको तयारी अघि बढाउनु पर्नेमा आफू सकारात्मक भएको भन्दै तयारी अघि बढाउन आवश्यक निर्देशन दिने बताएका थिए।