arrow

लिभरपुल अङ्कतालिकामा पहिलो, युनाइटेड पराजित हुँदा सिटी विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १० आइतबार
EPL-premier-league.jpg

काठमाडौं। इङलिश प्रिमियर लिग फुटबलमा शनिवार भएको खेल पछिको अङ्क तालिकामा लिभरपुल पहिलो स्थानमा रहेको छ। लिगमा भएका ६ खेलहरूमा १४ अङ्क सहित लिभरपुल पहिलो स्थानमा रहेको छ भने  म्यानचेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड र एभर्टन क्रमश: दोस्रोदेखि ५औँ स्थानमा रहेका छन्। बाँकी टोलीको समान १३ अङ्क रहेको छ। 

लिभरपुलले शनिवार भएको खेलमा ब्रेन्टफोर्डसँग ३-३ गोलको बराबरी खेलेको थियो । म्यानचेस्टर सिटीले चेल्सीलाई १-०ले  पराजित गरेको थियो भने म्यानचेस्टर युनाईटेड एस्टन भिल्लासँग ०-१ले पराजित भएको थियो। 

लिभरपुल र ब्रेन्टफोर्डको खेलमा ब्रेन्टफोर्षबाट एथान पिनोक, भिटाली जानेट र यआने विशाले १-१ गोल गरेका थिए भने लिभरपुलबाट डिएगो जोता, मोहम्मद सलाह र कर्टिस जोन्सले गोल गरेका थिए। अत्यन्त रोमाञ्चक खेलमा दुवै टोलीले १-१ अङ्क बाँडेका थिए। 

चेल्सीको घरेलु मैदानमा भएो खेलमा म्यानचेस्टर सिटीले गाब्रियल जिसुसको गोला लिएको अग्रता नै निर्णायक हुन पुगेको थियो। त्यसैगरी एस्टन भिल्लाले म्यानचेस्टरलाई हराउँदा कोर्तने हसले ८८औँ मिनेटमा गोल गरेका थिए। युनाइटेडले ९३औँ मिनेटमा पाएको पेनाल्टी ब्रुनो फर्नान्डेसले बाहिर प्रहार गर्दा बराबरीको मौका गुमेको थियो। क्रिष्टियानो रोनाल्डो हुँदाहुँदै किन फरनान्डेसले पेनाल्टी प्रहार गरे भन्ने बहसको विषय बनेको छ। 

त्यसैगरि एभर्टनले नर्विचलाई २-० गोलले पराजित गरेको थियो भने वेस्ट ह्यामले लिड्स युनाईटेडलाई २-१ गोलले पराजित गरेको थियो। त्यसैगरी लेस्टर-वर्नलीको खेल २-२ गोल बराबरीमा टुङगिएको थियो भने वार्टफोर्ड न्युक्यासल युनाईटेडले पनि १-१ गोलको बराबरी नतिजामा चित्त बुझाउनु परेको थियो।

आइतबार दुई खेल हुँदैछन्। वुल्भ्सले साउथ्याम्पटनको सामना गर्ने छ भने आर्सनल र टोटेनह्याम भिड्नेछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ