arrow

विद्यालयको भवन जीर्ण, जोखिम मोलेरै पढ्न आउँछन् विद्यार्थी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १० आइतबार
rupandehi.JPG

इलाम । ४१ वर्ष पहिले सर्वसाधारणले श्रमदानबाट निर्माण गरेको सूर्योदय नगरपालिका-१३ खानीभञ्जाङस्थित ज्ञानद्धय प्रावि जीर्ण बनेको छ । सरोकारवाला निकायले विद्यालयको भवन निर्माणमा ध्यान नदिँदा विद्यालय पढाउने थलोको रूपमा नभई धरापको रूपमा परिणत भएको स्थानीयवासी बताउँछन् ।

२०७२ साल वैशाख १२ गते गएको भूकम्पको कारण विद्यालयको अवस्था नाजुक भएको स्थानीयवासीको पीडा छ । चार शिक्षक कार्यरत विद्यालयमा ४४ विद्यार्थी अध्ययनरत छन् । वर्षा याममा विद्यालय भत्कने डरले कक्षा कोठामा पढाउने अवस्था नहुँदा खुल्ला आकाशमा पठनपाठन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्र तामाङले बताए ।

“म अध्यक्ष भएको चार वर्ष बितिसक्यो विद्यालय निर्माणका लागि धेरै पटक नगरपालिकामा गए पनि एक पैसा पनि बजेट विनियोजन गरेको छैनन्”, उनले भने, “ भूकम्पपछि पनि अरू विद्यालय सुविधा सम्पन्न बनिसकेका छन्, तर हाम्रोमा लाइब्रेरी र प्रयोगशाला सम्म छैन,’ उनले भने । विद्यालयमा कम्पाण्ड नहुँदा महत्त्वपूर्ण सामग्रीको सुरक्षामा चुनौती देखिएको तामाङले बताए।”

विद्यालयको अवस्था दैनिक दयनीय भएपछि विद्यार्थी पढ्न छाडेर अन्यत्र विद्यालयमा जाने गरेको स्थानीयवासीले बताए ।पानी आए बाहिर पढ्न सकिँदैन, कक्षा कोठामा गए विद्यालय भत्किएर मृत्यु हुने डर रहेको तामाङले बताए ।

चार कोठे जीर्ण भवनभित्र काम गर्नुपर्दा हैरान भएको अध्यक्ष तामाङले बताए । आफ्ना बुबा लाल बहादुर तामाङले १२ रानी र कुलबहादुर तामाङले ३ रोपनी जग्गा प्रदान गरी स्थापना भएको विद्यालय हो, अहिले कसैले हेरेका छैनन् उनले भने । सूर्योदय नगरपालिकाका-१३ वडा अध्यक्ष डी. बी. राईले भवन निर्माण गर्ने आवश्यक रहेको र त्यसका लागि आफूले पहल गरिरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ