- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली काँग्रेसका नेता रमेश लेखकले मन्त्रिपरिषद् विस्तार चाडै हुने बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले भने 'मन्त्रिपरिषद् विस्तार गर्ने कुरामा सबै दलका मुख्य नेताका बिचमा संवाद भइरहेको छ । विचार विमर्श भइरहेको छ । अब चाँडै हुन्छ ।'
उनले अहिले आफ्नो पार्टीको मात्रै एकमना सरकार नभएको र सरकारमा गठबन्धनको सहभागिता रहेकोले केही राजनीतिक र वैधानिक समस्या समाधान गर्नुपर्ने भएकोले सरकार विस्तारमा ढिलाइ भएको स्पष्ट पारे । तर, अब एक-दुई दिनभित्रै सरकारले पूर्णता पाइसक्ने उनको दाबी छ ।
उनले भने,‘आज सरकार बनेको दुई महिनाभन्दा बढी भैसकेको छ, तर अहिलेसम्म मन्त्रिपरिषद् विस्तार भएन ? भनेर जनस्तरबाट आलोचना भइरहेको छ, वास्तवमा सरकारलाई पूर्णता नदिएको भनेर यो आलोचनाको विषय बनेको छ । ढिलो पक्कै पनि भएको हो । अहिले गठबन्धनको सरकार छ । गठबन्धनमा आबद्ध ती दलहरूमा पनि विभाजन भएर आएका दलहरू छन्, उनीहरूलाई संलग्न गराएर सरकार बनाउनुपर्नेछ । राजनीतिक र वैधानिक कारणले सरकारलाई पूर्णता दिने कुरामा ढिलाइ भएको छ । ’