arrow

एनआरएनएमा डा.बद्री केसीको प्यानल तयार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १२ मंगलबार
Capture-7.jpg

काठमाडौं । गैरआवासीय नेपाली संघको आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासी डा.बद्री केसीले आफ्नो प्यानलको टुंगो लगाएका छन् । रुस निवासी व्यवसायीसमेत रहेका वर्तमान उपाध्यक्ष डा.केसी प्यानलसहित चुनावी मैदानमा उत्रिने भएका हुन् ।

डा.केसी प्यानलबाट छ जना उपाध्यक्ष (एक महिला र एक युवा अनिवार्य)उम्मेदवारको टुंगो लागेको बताइएको छ । उपाध्यक्षका उम्मेदवारहरूमा डा.हेमराज शर्मा (यूके), महेशकुमार श्रेष्ठ (जापान), डीबी क्षेत्री (ओमान) र धर्मराज अधिकारी (अस्ट्रेलिया) रहेका छन् । महिला उपाध्यक्षमा यसमिन बेगम सैयद (साउदी अरब) र युवा उपाध्यक्षमा रोशन थापा (अफ्रिका)ले उम्मेदवारी दिने भएका छन् ।

अमेरिकी क्षेत्रबाट महासचिवमा गौरीराज जोशीलाई अघि सार्ने तयारी डा.केसी प्यानलको छ । जोशी वर्तमान कार्यसमितिका सचिवसमेत हुन् । एक महिला अनिवार्यसहितको चार जना सचिव पदका उम्मेदवारमा रामशरण सिम्खडा (यूके), चिरञ्जीवी घिमिरे (क्यानडा), ओम गुरुङ (जापान) र महिलातर्फ राधिका (टीका) गुरुङ (हङकङ) रहेका छन् ।

कोषाध्यक्ष पदमा लोकप्रसाद दाहाल (बेल्जियम)को नाम तय भएको छ । सहकोषाध्यक्षमा उम्मेदवार भने टुंगो लगाउन बाँकी छ । तर, महिला सहकोषाध्यक्षमा भने यमुना भट्टराई (अमेरिका)को नाम चयन भएको छ । 

यस्तै, महिला संयोजकमा संगीता मरहठ्ठा (यूके) र युवा संयोजकमा मिलन छन्त्याल (आयरल्याण्ड)ले उम्मेदवारी दिने भएका छन् । क्षेत्रीय संयोजक तथा उपसंयोजकका उम्मेदवारबारे पछि निर्णय गर्ने डा.केसीको सचिवालयले जनाएको छ ।

आगामी २३–२५ अक्टोबरमा काठमाडौंमा हुने दशौं विश्व सम्मेलनले संघको नयाँ नेतृत्व चुन्नेछ । नेतृत्वका लागि बेलायतका व्यवसायी कुल आचार्य र अमेरिकाबाट रविना थापाले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ