arrow

बोस्टनमा नेपाली दूतावासको दुई दिने घुम्ती शिविर  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
yubraj-khatiwada-usa.jpg

बोस्टन । अमेरिकास्थित नेपाली राजदूतावासले अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टनमा दुई दिने घुम्ती सेवा सम्पन्न गरेको छ । नेपालीहरुलाई छिटो र स्थानिय स्तरबाटै सेवा प्रदान गर्न राजदूतावासले अमेरिकाको विभिन्न राज्यमा घुम्ती शिविर गर्दै आइरहेको अवस्थामा बोस्टनमा समेत राजदूतावासले शिविर आयोजना गरेको हो । 

गैरआवासीय नेपाली सघ म्यासाच्युसेट्स, न्यू ह्याम्सायर च्याप्टर तथा ग्रेटर बोस्टन नेपाली कम्युनिटीको सहर्कायमा राजदूतावासले शिविरको आयोजना गरेको थियो ।

शिविरमा म्यासाच्युसेट्स, न्यु ह्याम्सार, रोड आइसल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट गरी ६ राज्यमा बसोवास गर्ने करिब २ सय बढी नेपालीहरुले प्रत्यक्ष सेवा लिएको गैरआवासीय नेपाली संघ म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रेम तामाङ्गले जानकारी दिए । 

सो क्रममा सेवाग्राहीहरुले राजदूतावास र एनआरएनएले सराहनीय कार्य गरेको प्रतिक्रिया व्यक्त गरेका छन् । उनीहरुले घुम्ती शिविरले समयको बचत र राजधानी वासिडटन डीसी धाउनुपर्ने बाध्यता टरेको बताउँदै दूतावासले विदेशमा समेत सरकार भएको आभास दिलाएको जनाएका छन् । 

सो शिविरमा राहदानी नवीकरण, एकतर्फी यात्रा अनुमति पत्र, पर्यटन भिसा, कागजात प्रमाणीकरण, अधिकृत वारेशनामा, एनआरएनए परिचय पत्र लगायतको सेवा प्रदान गरिएको थियो । 

शिविर बोस्टन स्थित आरलिन्टनमा सम्पन्न भएको हो । अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले सो कार्यक्रमको उद्घाटन गरेका थिए ।  सो क्रममा खतिवडाले यस्ता शिविरहरु प्रभावकारी देखिएकाले दूतावासले क्यालेन्डर बनाएर सञ्चालन गर्ने योजना बनाएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ