arrow

सर्वदलीय बैठकमा लोसपा पनि सहभागी : को को छन् बैठकमा ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १४ बिहिबार
sarwadaliya baithak deuwa.jpg

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नवगठित दल लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी भएको छ ।

बालुवाटारमा सुरु भएको बैठकमा महन्थ ठाकुर नेतृत्वको दल लोसपाबाट अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो सहभागी भएका हुन् ।

प्रधानमन्त्री देउवाले २३ साउनबाट सुरु संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर अवरोध गर्दै आएपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

तर बैठकमा अहिलेसम्म एमालेले भने आफ्नो सहभागिता जनाइसकेको छैन ।

देउवा नेतृत्वको सरकारले अध्यादेश ल्याएर आफ्नो दल फुटाएको साथै सभामुख अग्नि सापकोटा त्यसमा सहयोगी बनेको भन्दै एमालेले सडक र सदनमा निरन्तर विरोध गर्दै आइएको छ ।

एमालेले १४ सांसदलाई पार्टीले गरेको कारबाहीको सूचना संसद्मा टाँस हुनु पर्ने अथवा सभामुखले राजीनामा गर्नु पर्ने बताउँदै आइरहेको छ ।

यसअघि सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरेको थियो ।

आजको बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपाध्यक्ष राजेन्द्र पाण्डे, जसपाबाट नेता राजेन्द्र श्रेष्ठ, लोसपाबाट अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो, जनमोर्चाका दुर्गा पौडेल र नेमकिपका नेता प्रेम सुवाललगायत सहभागी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ