arrow

जगदम्बा मोटर्सले एनटर्कियनको परिवारमा ५०,००० माइलस्टोन पुगेको उपलक्ष्यमा एनटर्कियन राइडको आयोजना गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १४ बिहिबार
tvs-celebrating-50000.jpg

काठमाडौँ। टिभियस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले आफ्नो एनटर्क परिवारमा ५०,००० सदस्यहरू पुगेको माइलस्टोनलाई मनाउनको लागि सबै एनटर्किएनको निम्ति एक सेलिब्रेसन राइडको आयोजन गरेको छ। यो राइड असोज १६, २०७८ गते नक्सालको टिभियस शोरुम देखि धुलिखेलको मिराबेल रिसर्ट होटेल सम्म हुने कम्पनीले जनाएको छ।

भेन्युमा पुगे लगत्तै लाइभ म्युजिक, मनोरञ्जक खेलहरू र सहभागीहरू सँग एक अन्तरक्रियात्मक सत्रको पनि आयोजना गरिएको छ। यो सेलिब्रेसनको मुख्य उद्देश्य भनेको सबै एनटर्किएन हरुलाई एकै ठाउँमा ल्याउने र एक एनटर्किएन क्लबको गठन गर्नु हो। यसले सबै राइडरहरूलाई एक अर्का सँग जुड्नका लागी र आफ्नो एनटर्किएन अनुभव एक अर्कासँग बाँड्न मद्दत गर्दछ।

लाइसेन्स भएका सबै एनटर्किएनहरूले जगदम्बा मोटर्स टिभियसको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइन दर्ता गरेर यस सेलिब्रेसन राइडमा भाग लिन सक्नेछन्। यो राइड सबै सुरक्षा प्रोटोकलहरूलाई अपनाएर आयोजना गरिँदै छ।

जगदम्बा मोटर्स प्राइभेट लिमिटेडका उपाध्यक्ष दीपक अग्रवालले भने, “हामी हाम्रो टिभियस परिवारमा ५०,००० सदस्यहरू पुगेको घोषणा गर्न पाउँदा अत्यन्तै खुसी छौँ र सबै एनटर्क राइडर हरुलाई हार्दिक बधाई दिन चाहन्छौँ। यही सङ्ख्याको थप सँगै, हामी हाम्रा राइडरहरूको लागी एक सन्तोषजनक अनुभव प्रदान गर्नको लागी प्रतिबद्ध रहेका छौँ। मलाई आशा छ कि एनटिर्कएन हरूले यसको पूर्ण आनन्द लिने छन् र उनीहरूको हरेक यात्रा आनन्दमय हुनेछ।”

सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रूपमा सुरु गरिएको थियो र त्यहाँ देखि यसले सधैँ आफ्नो स्थान सुनिश्चित राखेको छ। हेर्दा राम्रो र नयाँ टेक्नोलोजीले गर्दा यो छोटो समयमा सबै भन्दा बढी बिक्री हुने स्कुटर बन्न पुगेको छ।

अहिले यो यसको इन्डस्ट्री फस्ट टेक्नोलोजी, बेजोड शैली र उच्च प्रविधिले गर्दा बजारमा उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको छ। टिभियसका पाँच प्रकारहरू रहेका छन् जसमा एनटर्क ड्रम, एनटर्क डिस्क, एनटर्क रेस एडिसन, एनटर्क स्क्वाड एडिसन र एनटर्क आरटिएफआई पर्दछन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ