arrow

संवैधानिक व्यवस्था अनुसार सरकार गठन भएको हो : चित्रबहादुर केसी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १५ शुक्रबार
Chitra-bahadur-Kc.jpeg
फाइल तस्विर।

बलेवा। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संवैधानिक व्यवस्थाअनुसारै अहिलेको सरकार बनेको र अध्यादेश बाध्यताको उपज रहेको बताएका छन्।अहिलेका पाँच दलीय गठबन्धन परिस्थितिको उपज भएको जनाउँदै उनले गठबन्धन टिक्ने वा टुक्रिने परिस्थितिले नै निर्धारण गर्ने बताए ।

अध्यक्ष केसीले भने, “संवैधानिक व्यवस्थाअनुसारै अहिलेको सरकार बनेको हो ।  सरकारले ल्याएको अध्यादेश बाध्यताको उपज हो ।”

केसीले ठुला राजनीतिक दलले राजनीतिलाई व्यापार बनाएको आरोप लगाएका छन् । उनले भने“ व्यवस्था परिवर्तन भए पनि ठुला दलको प्रवृत्ति सुध्रिएन । प्रवृत्ति नसुध्रिएका कारण राष्ट्रियता र गणतन्त्र धरापमा परेको छ । ”

प्रगतिशील पत्रकार सङ्घ बागलुङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, “दलका रिसले राजतन्त्र मागिरहेका छन्, हामीले सङ्घर्ष गरी ल्याएका गणतन्त्रमा कसरी धावा बोलिँदै छ ।”  दलहरू सत्ता बाहिर रहँदा राष्ट्रियता र गणतन्त्रको पहरेदार बन्ने र सत्तामा पुगेपछि आफू र आफ्नामा केन्द्रित हुँदा अहिलेको अवस्था आएको उनले बताए ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ