arrow

अपहरणमा परेका भारतीय नागरिकको सप्तरीबाट उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १६ शनिबार
apf1.jpg

राजविराज। अपहरणमा परेका एक भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ । अपहरणमा परेका भारत विहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शङ्करकुमार साहको उद्धार गरिएको हो । 

सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा खुट्टामा साङ्लोले बाँधिएको अवस्थामा प्रहरीले साहको उद्धार गरिएको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । नेपाल–भारत सीमाअन्तर्गत रामनगर कोदरकट्टीमा झाडीमा खुट्टामा साङ्लोले बाँधी लडाइ राखिएको अवस्थामा साह भेटिएका हुन् । 

साहलाई अज्ञात समूहले अपहरण गरी नेपालको दशगजा ल्याएको भारतीय सुरक्षाकर्मीले सूचना दिएपछि सशस्त्र प्रहरी निरीक्षक लालबहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले उनको उद्धार गरेको हो । उक्त स्थानमा एक थान मोबाइल सेट पनि भेटिएको श्रेष्ठले बताए । अपहरणमा परेका साहलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ