arrow

चारसय राजश्व तिर्दा तीन सयदेखि छ सयसम्म सेवा शुल्क

logo
विवेक मिश्र
प्रकाशित २०७८ असोज १६ शनिबार
kar-karyalaya.jpg

मोरङ । साना करदातालाई राहत स्वरुप यस वर्ष सरकारले दश प्रतिशत मात्र राजश्व लिईरहेको छ । तर दश प्रतिशत वापतको नगरपालिकाको हकमा वार्षिक चार सय र गाँउपालिकाको हकमा वार्षिक दुईहजार पाँच सय राजस्व तिर्न कार्यलय जाँदा गेट बाहिरै सहयोगीको नाममा केहि व्यक्ति तथा पसलहरुले तिन सयदेखी छ सय सम्म सेवाशुल्क लिने गरेका छन् ।

यसरी सेवाग्राही ठगिईरहँदा स्थानीय प्रसासन भने मुखदर्शक बनिरहेको छ । केहिदिन अघि बेलबारी ११ लक्ष्मीमार्गकी सन्तोषी तामाङ आफ्नो व्यवसायको राजश्व तिर्न बिराटचोक स्थीत करदाता सेवा कार्यालय पुगिन् । गेट बाहिरै रहेको एउटा फोटोकपी सेन्टरमा फोटोकपी गर्न र फर्म भर्न सहयोगको लागी पुगेकी सन्तोषीले राजश्व चार सय र अन्त शुल्क त तिरीन् नै त्यस संगै त्यस वापतको ५ सय सेवा शुल्क पनि तरिन । 

सन्तोषी जस्तै दैनिक सयौंको संख्यामा सेवाग्राहीले विभिन्न बाहानामा अन्य शुल्क तिर्न बाध्य छन् । करदाता सेवा कार्यालय बिराटचोकका प्रमुख नेत्र घिमिरेले भने यस प्रकारका घटना हुन नदिन आफुले र कार्यलयले प्रयास गरीरहेको बताए ।

सेवाग्राही आफै बैंकमा गएर राजश्व भुक्तानी गर्न सकिने व्यवस्था रहेको र आईडि अनी पासवर्ड कार्यलयसंग लिएपछि आफैं इन्ट्री गर्न सकिने कुरा प्रमुख घिमिरेले बताए । तर घिमिरेले बताए जस्तो सबै सेवाग्राही प्रविधिमा सक्षम नभएका कारण विभिन्न एजेन्टहरु संग ठोकिन बाध्य छन् ।

यो समस्या बिराटचोकमा मात्र नभएर बिराटनगर र पथरीमा पनि रहेको सेवाग्राहीले गुनासो गर्ने गरेका छन् ।  साना व्यवसायीलाई सहज र सजीलो होस् भन्ने हिसावले मोरङको बिराटनगर बाहेक पथरी र बिराटचोकमा पनि तिन वर्ष अघि करदाता सेवा कार्यलय स्थापना गरी सेवा प्रवाह भईरहेको छ ।

नेपालमा श्रोत रहेको व्यवसायबाट मात्र आयवर्षमा रु २० लाखभन्दा कम कारोबार भएको र रु २ लाख ५० हजार सम्म आय हुने प्रकृतिका व्यवसायीक व्यक्ति तथा फर्मले गाँउपालिकाको हकमा दुई हजार पाँच सय र नगरपालीकाको हकमा चार हजार वार्षिक तिर्नुपर्ने व्यवस्था छ । नयाँ फर्म दर्ताको लागी स्थानीय निकायको सिफारिस र उपयुक्त कागजात भएपछि निःशुल्क दर्ता गर्नुपर्ने व्यवस्था रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ