arrow

दार्जिलिङका अनिलले जिते रमाइलो जोक्स प्रतियोगिताको उपाधि 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १७ आइतबार
jokess.jpg

काठमाडौं । अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताको उपाधि दार्जिलिङका अनिल राईले जितेका छन् । फस्ट रनरअप लुम्बिनीका निश्चल अर्याल र सेकेण्ड रनरअप काठमाडौंका सुलव भट्टराई बनेका छन् । त्यस्तै थर्ड रनरअप झापाका मनिष आचार्य भएका छन् भने फोर्थ रनरअप ललितपुरका महेश खनाल बनेका छन् । जसमध्ये उपाधि बिजेताले नगद ३ लाख रुपैयाँ जित्न सफल भएका छन् ।

त्यस्तै फस्ट रनरअप, सेकेण्ड, थर्ड र फोर्थले क्रमश २ लाख, १ लाख, ५० हजार र २५ हजार रुपैयाँ क्रमश प्रदान गरिएको कार्यक्रमका निर्देशक कमल राईले जानकारी दिए । रिदम स्क्रिनका निर्देशक राईका अनुसार कोरोनाको समयमा विश्वनै लकडाउनले थलिएका बेला संसारभर रहेका नेपालीहरुलाई थोरै भएपनि मनोरञ्जन होस् भन्ने हिसाबले यो रमाइलो मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको हो ।

बुद्धि तामाङ (हैट), अमेरिकमा रहेका अभिनेता भानु तिवारी र सिक्किममा रहेका दिलिप गुरुङ निर्माणक रहेका कार्यक्रमलाई कोरोना महामारीको समयमा दर्शकले रुचाएको आयोजनले जनाएको छ । प्रतियोगिताको फाइनलको अवसरमा गायिका टिका लामिछाने, कार्यक्रमका निर्देशक कमल राई, गायक तथा कार्यक्रमका स्पोन्सर रोशन अधिकारी, गायक किरण गजमेर, गायिका मञ्जु लामा, गायक प्रनिम राईले प्रस्तुती दिएका थिए ।

त्यस्तै कार्यक्रमका मुख्य प्रायोजक तथा नक्षेत्र फाउण्डेसनका सीईओ अर्जुन सुवेदी र उपाधि विजेता अनिल राईले कार्यक्रम प्रभावकारी बनेको बताए । कार्यक्रमको सञ्चालन अमेरिकामा सुनिता गुरुङले र नेपालमा राधिका कँडेलले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ