arrow

मेची राजमार्गको धोबीधारा खण्ड दबियो, यातायात संचालनमा समस्या

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १७ आइतबार
Ilam-road.jpg

इलाम । मेची राजामार्गको इलाम स्थित धोबीधारा खण्डमा सडक दबिएपछि राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्गको माथिल्लो भागबाट पनि निरन्तर पहिरो झरेकाले माथिल्लो सडक रहेको नारायणस्थान मन्दिरछेउसम्म जोखिम बढेको छ । सडक अवरुद्ध भएपछि राजमार्गमा गुड्ने सवारी साधनलाई इलाम बजार क्षेत्रवाट घुमाइएको छ ।

इलाम नगरपालिका-८ नारायणस्थान खोल्सीदेखि दक्षिण नामसालिङ सामुदायिक विकास केन्द्रको कार्यालय नजिकको कर्ल्भर्डमा पहिरो गएर सडक अवरुद्ध भएको हो । अवरुद्ध सडक सुचारुका लागि डाईभर्सन राख्न पहल भइरहेको छ ।

८५ प्रतिशतभन्दा बढी पहिरोले सडक भत्किएको र तत्काल राजमार्ग मर्मतसुधार हुन केही समय लाग्ने हुँदा डाईभर्सन गरी राजमार्ग यथाशक्य चाँडो सुचारु गराउन स्थानीयले पनि सडक डिभिजन कार्यालय इलामलाई दबाब दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ