arrow

प्रिज्मा एड्भर्टाईजिङको ३० औँ वार्षिकोत्सव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १७ आइतबार
prisma-advertising--30th-anniversary-2078.jpg

काठमाडौँ। नेपालको अग्रणी विज्ञापन एजेन्सीमध्येको एक, प्रिज्मा एड्भर्टाईजिङले आफ्नो सफलताको ३०औँ वार्षिकोत्सव मनाएको छ। प्रिज्मा सन् १९९१ अक्टुवर १ मा स्थापना भएको हो। त्यस यता लगातार अघि बढिरहेको प्रिज्माले सबै ग्राहकहरूसँग निकट सम्बन्ध कायम गर्दै सेवाको उच्च स्तरलाई कायम राखेको छ।

रचनात्मक नेतृत्व र ३६० डिग्रीको ब्रान्ड स्टिवार्डसिपको मूल उद्देश्यबाट अगाडि बढेको प्रिज्मा सुरुवातमा झैँ आज पनि त्यही उद्देश्यलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको कम्पनीले जनाएको छ।

प्रिज्मा सन् २००४, २००५, २००६, २००७ र २००८ मा लगातार पाँच वर्ष उत्कृष्ट एजेन्सीको रूपमा सम्मानित एजेन्सी हो। प्रिज्माले अमेरिकाको एक प्रतिष्ठित कम्पनी जोन्सन एण्ड जोन्सनले प्रदान गर्ने अन्तर्राष्ट्रिय अवाड बेल रिङगर २०००’ समेत जितेको छ।

प्रिज्माले सधैँ आफूलाई विकसित उद्योगसँग समायोजित गर्दै अगाडि बढिरहेको छ र ग्राहकहरूको माग र अपेक्षाहरूलाई राम्ररी बुझेको प्रिज्मा एड्भर्टाइजिंगको मुख्य विशेषताहरू –रचनात्मक डिजाइन, अभियान निर्माण तथा कार्यान्वयन, ब्रान्डको रणनीति तथा विकास, प्रोडक्सन तथा फ्याब्रिकेशन, अडियो भिजुअल निर्माण, मिडिया तथा प्रेस विज्ञप्ति, पब्लिक रिलेसन तथा सामाजिक सञ्जाल र डिजिटल मार्केटिङ रहेका छन्।

प्रिज्माले कोका–कोला, बजाज पल्सर, मेरो मोबाइल, एनसेल, अर्घाखाँची सिमेन्ट, नेस्ट्ले, एभरीडे लगायत थुप्रै ग्राहकहरूका लागी सफलतापूर्वक अभियानहरू कार्यान्वयन गरेको छ।

प्रिज्मा एड्भर्टाइजिंगका सिइओ रञ्जित आचार्यले भने, “हामीले यो स्थापनाकालको ३० वर्ष मनाइरहँदा, यसले मलाई एक छिन अडिएर, हामीलाई यस माइल स्टोनसम्म आइपुग्न मद्दत पुर्‍याएका सम्बन्धहरू र सफलताहरूको प्रतिबिम्ब गराएको छ। हामीमा सधैँ विश्वास गर्ने सरोकारवालाहरू, साझेदारहरू तथा सम्पूर्ण प्रिज्मा परिवारको यस सफलतामा अहम् भूमिका रहेको छ।”

उनले थप भने, “हामीले हाम्रा उपलब्धिहरूको बाबजुद कहिल्यै विश्राम लिएनौँ र सधैँ सफलताको होडबाजीमा लागि रहयौँ। हामीले हाम्रो यो उच्च मापदण्डहरूलाई कायम राख्न कडा मेहनत गरेका छौँ र निकट भविष्यमा पनि हामीले आफूलाई अझै विकसित गर्दै आफ्नो स्थानलाई अझै बढाउन प्रतिबद्ध  रहेका छौँ। ”



नयाँ