arrow

काँग्रेस गोरखाको सभापतिमा न्यौपाने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
Congress-convention-14-nepa.jpg

गोरखा । नेपाली काँग्रेस गोरखाको जिल्ला पार्टी सभापतिमा नन्दप्रसाद न्यौपाने चयन भएका छन् । 

पार्टीको १४औँ महाधिवेशन अन्तर्गत सोमवार भएको जिल्ला पार्टीको अधिवेशनमा न्यौपाने सर्वसम्मत चयन भएका हुन् । 

त्रिचालिस वर्षीय न्यौपाने यसअघि पार्टीको जिल्ला सचिव थिए । उनलाई जिल्लाका ११ वटै स्थानीय तहका पार्टी सभापतिको समर्थन रह्यो । 

आरुघाट गाउँपालिका-२ मान्वुका न्यौपाने विद्यार्थी राजनीतिदेखि नै काँग्रेसमा आबद्ध थिए । 

नवनिर्वाचित सभापति न्यौपानेले आइतबार सम्पन्न महाधिवेशन प्रतिनिधिको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ