टाटा मोटर्सद्वारा अल्ट्रोज बिएस ६ एक्सएम प्लस नेपालमा घटस्थापनाको दिन सार्वजनिक गरिँदै
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २० बुधबार
1.2k
Shares
काठमाडौँ। भारतको प्रमुख अटो ब्रान्ड टाटा मोटर्सले आफ्नो प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोज बिएस ६ को एक्सएम प्लस भेरियन्ट नेपालमा लन्च गर्ने घोषणा गरेको छ। नेपाली मूल्य ३५ लाख ९६ हजार पर्ने एक्सएम प्लस भेरियन्टमा अनेक रोमाञ्चक सुविधाहरू छन्, जसलाई पाएर ग्राहकहरू खुसी हुने कम्पनीले जनाएको छ।
जस्तै, एप्पल कार प्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी र १७.७८ सेमी टचस्क्रिन इन्फोटेन्मेन्टले ड्राइभिङको बेला ढुक्क र एडभान्स अनुभूति दिन्छन्। स्टेरिङ माउन्टेड कन्ट्रोल, भ्वाइस कमान्ड रिकग्निसन, स्टाइलाइज्ड ह्वील कभर र आर–१६ ह्वील र रिमोट फोल्डेबल चाबी। यी सबै सुविधाले ग्राहकलाई ड्राइभिङमा थप आनन्द दिन्छन्।
आफ्ना ग्राहकहरूका लागि सुलभ मूल्यमा टचस्क्रिन इन्फोटेन्मेन्ट ल्याइँदै
घटस्थापनाको दिन बिहान १०:३० बजे टाटा मोटर्स नेपालको आधिकारिक फेसबुक पेज र ग्यालेक्सी फोर के टिभी बाट भिडियो सार्वजनिक
घटस्थापनाको दिन बूकिंङ गर्नुहुने ग्राहकलाई थप रु १००,००० छुट
हर कोही यात्राको क्रममा आनन्द र सहजताको खोजीमा हुन्छ, जसलाई अल्ट्रोजको एक्सएमप्लस भेरियन्टले पूरा गरिदिन्छ। कुनै पनि गाडीको क्वालिटीमा मात्रै होइन, लुक्समा ग्राहकको पुरापुर ध्यान गइरहेको हुन्छ। गाडीको लुक्सलाई स्ट्रक्चरले मात्रै होइन, रङले पनि फरक पार्छ। अल्ट्रोजको एक्सएमप्लस भेरिअन्ट हाई स्ट्रिट गोल्ड, डाउनटाउन रेड, एभेन्यु ह्वाइट र मिडटाउन ग्रे गरी चार रङमा उपलब्ध कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ। यस्तो विकल्पले ‘चुजी’ ग्राहकसमेत आकर्षित गर्नेछ।
पेट्रोल पावरट्रेनमा उपलब्ध यस भेरियन्टमा ग्राहकले साधरणतया प्रिमियम भेरियन्टमा मात्रै उपलब्ध हुने सुविधासमेत अल्ट्रोजको एक्सएमप्लस पाउनेछन्। यी सुविधाबाट लाभान्वित ग्राहकहरूका लागि अर्को महत्त्वपूर्ण फाइदा सुपथ सुपथ मूल्य पनि छ। यो आफैँमा आकर्षक त छँदै छ।
सेप्टेम्बर २०२० मा लन्च गरिएको अल्ट्रोजले नेपालको प्रिमियम ह्याचब्याक बजारमा राम्रोसँग सबैको ध्यान खिचेको छ। त्यसपछि यस गाडीको स्टालिइस डिजाइन र सुगमतालाई सराहना गरिएको छ। र, सुरक्षाको श्रेणीमा यो सर्वश्रेष्ठ रहेकाले गाडी पारखीहरूद्वारा काफी प्रशंसा गरिएको हो। अल्ट्रोजले नेसनल लन्चको बेलामै प्राप्त गरेको पाँचतारे ग्लोबल एनसीएपी एडल्ट रेटिङ यसको सुरक्षाको बलियो प्रमाण बन्न पुगेको कम्पनीको दाबी छ।
अल्ट्रोज स्पोर्ट्स टाटा मोटर्सको इम्प्याक्ट डिजाइन २.० मा आधारित छ। र, यो अल्फा आर्किटेक्चरमा विकास गरिएको कम्पनीको पहिलो सवारी साधन पनि हो ।
विस्तृत जानकारीका लागि यस लिङ्क हेर्नुहोस् :https://cars.tatamotors.com.np/