- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफू कांग्रेसको सभापति भएपछि ‘गाछी’(रुख) छापलाई अत्याधिक बहुमतका साथ जिताउने दाबी गरेका छन् ।
बुधबार जनकपुरधाममा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपसभापति निधिले नेपाली कांग्रेसलाई नै नेपाली जनताले सत्तामा रहोस् भन्ने चाहिरहेको बताए ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका निधिले आफूलाई सभापतिमा एकपटक अवसर दिएर आफूभित्र रहेको कमी कमजोरी सच्याउने अवसर प्रदान गर्न कार्यकर्ताहरुलाई आग्रह गरे । निधिले भने,‘नेपाली कांग्रेसलाई बढीभन्दा बढी मत दिएर देशको बागडोर सुम्पन नेपाली जनता तयार छन् ।’
यसअघिको निर्वाचनमा अन्य दललाई मत दिएर त्यसको दुषपरिणाम जनताले भोगिसकेको बताउँदै विगत तीन वर्षमा नेपाली जनताले देखेको अराजकता देख्न नचाहेको उनको भनाइ थियो ।
दसैं मनाउन काठमाडौंबाट गृहनगर जनकपुरधाम आएका उपसभापति निधिले कांग्रेसको १४ औं महाधिवेशनमा आफूलाई सभापतिको दाबेदारको रुपमा प्रस्तुत गर्दै विगतका कमीकमजोरी सच्याउँदै हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।