arrow

पिण्ड सेलाउन  मर्स्याङ्दी नदीमा गएका युवक फर्किएनन्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २१ बिहिबार
water-kill.jpg

गोरखा । श्राद्ध सकेर नदीमा पिण्ड सेलाउने क्रममा डुबेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ । 

मस्याङ्दी नदीमा डुबेर बेपत्ता भएका गोरखा नगरपालिका–१४ गोप्लिङका ४७ वर्षीय पूर्णबहादुर दराईको शव बिहिवार फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

बुधबार दिउँसो करिब ३:३० बजे सो नदीमा श्राद्धपछि पिण्ड सेलाएर पौडी खेल्ने क्रममा नदीले बगाएर उनी बेपत्ता भएका थिए  । 

घटनालगत्तै प्रहरी र स्थानीयवासीले खोजी गरेको भए पनि फेला नपरेपछि कुरिनटारस्थित विपद् सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालयबाट गोताखोरको टोली झिकाएर खोजी गर्ने क्रममा आज बिहान शव फेला परेको जनाइएको छ । 

बेपत्ता भएको स्थलदेखि केही तलबाट उनको शव फेला परेको प्रहरी नायब उपरीक्षक दाहालको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ