arrow

काँग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २१ बिहिबार
congress-chiyapan-oli.JPG

काठमाडौँ । नेपाली काँग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यस वर्ष नगर्ने भएको छ  । काँग्रेसले  चियापान समारोह यस पटक आयोजना नगर्ने निश्चित गरेको मुख्य सचिव  कृष्णप्रसाद पौडेलले बताएका छन् । 

कोरोना विरुद्ध खोपको प्रबन्ध गरे पनि महामारीको  जोखिमलाई नजरअन्दाज गर्न नमिल्ने भन्दै काँग्रेसले    चियापान कार्यक्रम नगर्ने भएको हो ।  पर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कताका लागि काँग्रेस सबैलाई अपिल गरेको छ ।

'नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले खोपको व्यापक प्रबन्ध गरे पश्चात् महामारीको त्रास र आकार घट्दै गए पनि जोखिमलाई नजरअन्दाज गर्न मिल्दैन । खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवन रक्षामा समर्पित रहनु हामी सबैको कर्तव्य हो । महामारीमाथि विजय हासिल गर्न हामी चाँडै नै सफल उनेछौँ भन्ने विश्वासका साथ नेपाली काँग्रेस बडा दसैँ, तिहार, नेपाल संवत् र छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ ' मुख्य सचिव पौडेल द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ