arrow

कांग्रेस बाजुरा सभापतिमा रावल विजयी भएपछि बरिष्ठ नेता पौडेल ‘उत्साहित’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
Ramchandra-Poudel.jpg

काठमाडौं । नेपाली कांग्रेस बाजुरामा रामसिंह रावल सभापतिमा निर्वाचित भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल उत्साहित भएका छन् ।

उनले सामाजिक संजालमा रावलको विजयीलाई लिएर उत्साह व्यक्त गरेका हुन् । पौडेलले ‘परिवर्तन सम्भव छ, सुदुरपश्चिममा पनि परिवर्तन सम्भव छ’ भन्दै उत्साहित बनेका हुन् ।

सुदूरपश्चिम प्रधानमन्त्री शेरबहादुर देउवाको क्षेत्र भएको र बाजुरामा आफू पक्षीय उम्मेदवारले विजयी हाँसिल गरेको भन्दै पौडेलले सामाजिक संजालमा प्रतिक्रिया लेखेका हुन् ।

‘परिवर्तन सम्भव छ, सुदुरपश्चिममा पनि परिवर्तन सम्भव छ बाजुरामा रामसिंह रावलको बिजयले संकेत गरिसक्यो। डडेलधुराले सन्देश दिइसक्यो’, उनले लेखेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ