arrow

प्रदेश २ मा प्रदेशसभाबाट पारित दुईवटा विधेयक पुनः पारित 

logo
निरंजन कुमार साह, 
प्रकाशित २०७८ असोज २२ शुक्रबार
province-2-pradesh-parlinment.jpg

जनकपुरधाम। प्रदेश नम्बर दुईको प्रदेशसभाबाट पारित दुईवटा विधेयक पुनः पारित भएका छन्। पारित भइसकेको विधेयक प्रमाणीकरणका लागि तत्कालीन प्रदेश प्रमुख राजेश झा अहिराज  समक्ष जाँदा फिर्ता पठाइएको थियो ।

फिर्ता गरिदिएको विधेयक शुक्रवार बसेको प्रदेशसभाको बैठकले पुनः पारित गरेका हुन् ।दुवै विधेयक सर्वसम्मतले पारित भएको हो । यसअघि यो विधेयक २६ असोज २०७७ मा पारित भएको थियो ।

स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण नगरी फिर्ता भएको थियो । अहिले प्रदेश २ मा प्रदेश प्रमुख हरिशंकर मिश्र रहेका हुन् ।



नयाँ